निर्वाचनको तयारीमा जुट्यो राष्ट्रिय कर्मचारी संगठन

विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती प्रदेस १ को भर्चुअल बिस्तारित बैठक बसेको छ ।

प्रदेश अध्यक्ष रुद्रप्रसाद सुबेदिको अध्यक्षता र केन्द्रीय समिति अध्यक्ष हरिबहादुर रावलको प्रमुख आतिथ्यमा बैठक भएको थियो ।

प्रदेश १ का चौध जिल्लाका ९० जना प्रतिनिधिहरु सहभागी बैठकले आगामी असोज २४ गते हुने तय भएको आधिकारिक ट्रेड युनियन निर्वाचनमा संगठनलाई सानदार रुपमा बिजय गराउने लागिपर्ने निर्णय गरेको छ । त्यसको लागि ५१ सदस्यीय प्रदेशस्तरीय निर्वाचन परिचालन समिति गठन गर्नेलगायत नौ बुदे प्रस्तावसमेत बैठकले पारित गरेको छ।

बैठकमा सहभागी अधिकान्सले निजामती सेवा ऐन तत्काल जारि गर्नुपर्ने, संघीयताको भावना अनुकुल कर्मचारी ब्यबस्थापनको काम तत्काल सम्पन्न गर्नुपर्ने , तोकिएको मितिमा आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्नुपर्ने, प्रस्तावित निजामती ऐनमा भएका बिभेदपुर्ण प्राबधान तत्काल सच्याउनुपर्ने, कर्मचारी कल्याणकारी कार्यक्रम संचालन गर्नुपर्ने , कर्मचारी हाईड्रो, कर्मचारी कपडा उध्योग, कर्मचारी प्राबिधिक महाबिध्यालयलगायत विभिन्न उध्यमशिल कार्यक्रम संचालनको लागि सरकारको ध्यानाकर्षण गराउने, अस्थायी ज्यालादारी र करार कर्मचारीको दिर्घकालिन समस्या समाधान गर्नुपर्ने , स्थानीय तह र स्वास्थ्य सेवाका कर्मचारीलाई ट्रेड युनियन अधिकार बाट बन्चित गर्न नहुनेलगायत पेशागत हकहितको र सेवा सुरक्षाको माग उठाएका थिए । संघ, प्रदेस र स्थानीय तहसम्म आफ्ना माग जोडदार रुपमा उठाउने र माग पूरा गराउदै कर्मचारीको हितमा दरोसंग उभिएर आन्दोलन गर्नपरे पनि तयार रहने निस्कर्ष सहभागिले निकालेका थिए।

कार्यक्रमका प्रमुख अतिथि हरिबहादुर रावलले अब बिगतको अनुभबलाई समेत मध्यनजर गर्दै उपलब्धि हासिल गर्ने गरि कठोर संघर्ष गर्दै कर्मचारीलाई स्वभिमानपुर्बक सेवा स्थलमा देख्न सकिने गरि रचनात्मक आन्दोलन गरिने बताउनुभयो । त्यसको नेतृत्व गर्न संगठन तयार रहेको उहाँको भनाई थियो ।

बैठकमा प्रदेश समितिले तत्कालै एक स्मारिकासमेत प्रकाशित गर्ने तय भएको संगठनका प्रदेश समिति सहसचिब रेवती ढुङ्गानाले जानकारी दिनुभयो।

आइतबार, १४ भदौ, २०७७, बिहानको १०:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर