अफ्फान चक्रवातको प्रभाव

मंगलबारदेखि तीन दिन वर्षा हुने

एजेन्सी । बंगालको खाडीबाट उठेको चक्रवात आँधी अम्फान’का कारण आउँदो तीन दिन नेपालमा भारी वर्षा हुने अनुमान गरिएको छ ।

भारतीय मौसम विभागका अनुसार पश्चिम बंगाल र ओडिसा राज्यको तटीय क्षेत्रमा ठोक्किने चक्रवाती तुफान ‘अम्फान’ का कारण तिब्र हावाहुरी र भारी वर्षा हुनसक्ने बताइएको छ ।

हावाहुरीसँगै आउने वर्षाबाट हुनसक्ने सम्भावित क्षतिप्रति सचेत रहन भारत पश्चिमबंगाल सरकारले सार्वजनिक आव्हान गरिसकेको छ ।

नेपालमा पनि मंगलबारबाट पूर्वी नेपालको मौसममा बदलाव आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावका कारण तीनदिनसम्म वर्षा हुनसक्ने र हिमाली क्षेत्रमा हिमपातसमेत हुने भएकोले सजग भएर रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

सोमबार, ०५ जेठ, २०७७, बिहानको ११:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर