उदयपुरका थप ८ मा कोरोना पुष्टि, संक्रमितको संख्या ४० पुग्यो

उदयपुरमा मात्र २२ जनामा कोरोना संक्रमित/संक्रमितलाई विराटनगर ल्याईदै

विराटनगर। उदयपुरका थप ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

विराटनगरको प्रयोगशालमा कोरोना पोजेटिभ देखिएकाहरुको पुनः परीक्षणमा पनि कोरोना देखिएपछि नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४० पुगेको छ ।

उदयपुरबाट संकलन गरिएको नमुना विराटनगरपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा पुनः परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।

योसँगै उदयपुरमा मात्रै कोरोना संक्रमितको संख्या २२ जना पुगेको छ । संक्रमित पुष्टि भएका ८ जनाको थप विवरण आउन बाँकी छ । उनीहरलाई मंगलबार नै उदयपुरबाट धरान स्थित बीपी प्रतिष्ठानमा ल्याईएको थियो । उनीहरुको स्वाब परीक्षणमा कोरोना पुष्टि भएपछि विराटनगर स्थित कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा भर्ना गर्न विराटनगर ल्याउने बताइएको छ ।

यसअघि उदयपुरको त्रियुगा ३ भुल्केस्थित मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबार नै उदयपुरके थप १ जनाको काठमाडौं स्थित जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना देखिएको पुष्टि भइसकेको । ठूलो संख्यामा कोरोना देखिएपछि उनीहरुको सम्पर्कमा रहेका आसपासको क्षेत्रका ३२० जनाको स्वाब संकलन गरी परीक्षण भइरहेको छ ।

शनिबार संकलन गरिएका ६९ जनाको स्वाब विराटनगर स्थित कोशी अस्पतालमा परीक्षण गर्दा कोरोना देखिएको छ । त्यसबाहेक अन्यको स्वाब नेपाली सेनाले संकलन गरेर काठमाडौं लगेकोले काठमाडौंमा परीक्षण भइहरेको छ ।

संक्रमितमध्ये ५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

मङ्गलबार, ०९ बैशाख, २०७७, साँझको ०६:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर