काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज आराध्यदेव पशुपतिनाथको मन्दिर पुगेर रूद्राभिषेक पूजा गरेकि छिन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै प्रधानमन्त्रीले पशुपतिनाथलाई धन्यवादस्वरूप सो पूजा गरेकि हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबै क्षेत्रबाट प्राप्त सहयोगप्रति प्रधानमन्त्रीले कृतज्ञता व्यक्त गरेकि छन् । पूजाका क्रममा उनले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अघि बढोस् भनी कामना समेत गरीन ।
सो अवसरमा प्रधानमन्त्री कार्कीले मुलुकभरका सम्पूर्ण नेपालीहरूबीच एकता, सद्भाव र आत्मीयताको भावना अझ बलियो बन्दै जाओस् भनी पुकारा गरेकि छन् ।
रुद्राभिषेक पूजाका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा र कार्यकारी निर्देशक सुवास जोशीलगायतको उपस्थिति रहेको थियो ।
मुलुकमा लामो समयको प्रतीक्षापछि गत फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको थियो ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।