लोड हुँदैछ...

मेनु

झापा ५ मा खस्यो १ लाख ६ हजार मत, बालेनले कति पाउलान् ?

झापा ५ मा खस्यो १ लाख ६ हजार मत, बालेनले कति पाउलान् ?

विराटनगर । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका नेता बालेन्द्र शाहलगायत उम्मेद्वार बनेको झापा क्षेत्र नम्बर ५ मा १ लाख ६ हजार ३७२ मत खसेको छ ।

झापा ५ मा १ लाख ६३ हजार ३७९ जना मतदाता थिए । झापा निर्वाचन कार्यालयका अनुसार खसेको मतमध्ये महिला ५६ हजार ९७२ र पुरुष ४९ हजार ४ सय रहेका छन् । यो मत भनेको ६५.११ प्रतिशत हाराहारी हो ।

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाभर करिब ६५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला निर्वाचन अधिकृत तुलसी कुमार नेपालले दिएको जानकारी अनुसार, जिल्लाका विभिन्न मतदान केन्द्रहरूबाट प्राप्त प्रारम्भिक विवरणका आधारमा ६५ प्रतिशतभन्दा बढी मत खसेको हो ।

उनले अहिले जिल्लाका सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू संकलन गर्ने कार्य भइरहेको बताए । राति ९ बजेसम्ममा सबै मतपेटिकाहरू संकलन भइसक्ने र त्यसपछि मुचुल्का तथा सिल नम्बर रुजु गर्ने कार्य सुरु हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।