लोड हुँदैछ...

मेनु

निर्वाचन प्रहरी बन्न एकै पटक ५ हजार ८ सयले दिए परीक्षा

निर्वाचन प्रहरी बन्न एकै पटक ५ हजार ८ सयले दिए परीक्षा

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी भर्ना गर्न लागिएको निर्वाचन प्रहरीका लागि मोरङमा शुक्रबार लिखित परीक्षा सम्पन्न भएको छ। विराटनगरस्थित सहिद मैदानमा आयोजित परीक्षामा ५ हजार ८३५ जना परीक्षार्थीहरू सहभागी भएका थिए।

मोरङ जिल्लाभरिबाट म्यादी प्रहरीका लागि कुल ६ हजार ५८७ जनाले आवेदन दिएकोमा शारीरिक तन्दुरुस्ती लगायतका प्रारम्भिक चरणहरू पार गरेका ५ हजार ८३५ जना लिखित परीक्षाका लागि छनोट भएका थिए।

मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) हरीनन्दन चौधरीका अनुसार मोरङमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको समन्वयमा कुल ४ हजार ९५४ जनाको कोटा तोकिएको छ। सोही कोटाका लागि शुक्रबार परीक्षार्थीहरूले आफ्नो योग्यता प्रदर्शन गरेका हुन् ।

डिएसपी चौधरीले शुक्रबार सञ्चालित लिखित परीक्षाको नतिजा शनिबार साँझसम्म सार्वजनिक गरिने जानकारी दिनुभयो। ‘लिखित परीक्षाको नतिजा शनिबार साँझ सार्वजनिक गर्ने तयारी छ,’ उनले भने, ‘लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरूलाई आगामी आइतबार अन्तर्वार्ताका लागि बोलाइनेछ।’

निर्वाचनलाई भयरहित, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्नका लागि सरकारले ठुलो संख्यामा निर्वाचन प्रहरी भर्ना गर्ने प्रक्रिया अघि बढाएको हो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।