लोड हुँदैछ...

मेनु

सकियो गौतम बुद्ध डान्स आइडल

सकियो गौतम बुद्ध डान्स आइडल

विराटनगर । विराटनगरस्थित गौतम बुद्ध स्कुलको आयोजनामा सञ्चालित ‘गौतम बुद्ध डान्स आइडल २०८२’ प्रतियोगिता बिहीबार भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूमा लुकेर रहेको नृत्य प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए।

वेस्र्टन विधा सिनियरतर्फ बिजेता किन्जल चौधरीले उपाधि चुम्न सफल भइन्। त्यस्तै, अनुष्का श्रेष्ठ प्रथम रनर अप र श्रेया कर्माचार्य दोस्रो रनर अप घोषित भए।
वेस्र्टन विधा जुनियरतर्फको बिजेता आकांक्षा विजेता बनिन्। यसै सोनाली प्रथम रनर अप र सिम्रन दोस्रो रनर अप हुन सफल भए।
कल्चरल विधाको सिनियर तर्फको बिजेता सिमरन मण्डलले उपाधि हात पारिन् भने संकुरा तामाङ प्रथम रनर अप र सेकेन्ड रनरअप निशुमा जोशी हुन सफल भइन्।
त्यसैगरी कल्चर विद्यामा जुनियरतर्फको बिजेता युनिशा तुलाधर भइन् । त्यसैगरी फस्ट रनरअप क्रिष्टिका खत्री र सेकेण्ड रनरअप शिवन्या गुप्ता भइन् । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विद्यालयका प्रिन्सिपल केशवलाल सिंह सुवाल र भाइस प्रिन्सिपल निकिता तम्रकाकारले पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए । पुरस्कार वितरण गर्दै प्रिन्सिपल सुवालले शिक्षासँगै अतिरिक्त क्रियाकलापले विद्यार्थीको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

विजेता विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुत गर्दै कार्यक्रममा उपस्थित शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए। विद्यालयले हरेक वर्ष विद्यार्थीहरूको रुचि र प्रतिभालाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ।
प्रतियोगिताको निर्णायहरुमा रुपेश विश्वास र मनिष कटुवाल रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।