लोड हुँदैछ...

मेनु

विराटनगरको कञ्चनबारीमा दुर्घटना, बसको ठक्करबाट वृद्धाको मृत्यु

विराटनगरको कञ्चनबारीमा दुर्घटना, बसको ठक्करबाट वृद्धाको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–४ स्थित कञ्चनबारीमा बुधबार दिउँसो बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । कोशी लोकमार्गमा गुडिरहेको यात्रुवाहक बसले ठक्कर दिँदा ७५ वर्षीया डम्बरकुमारी नेपालको ज्यान गएको हो ।

प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश ०३–००१ ख ३३९९ नम्बरको बसले बाटो काट्दै गरेकी पैदलयात्री नेपाललाई दिउँसो करिब ३ : १५ बजे ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि कोशी अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले पुर्‍याउनासाथ मृत घोषित गरेका थिए ।

विराटनगर–४ की स्थायी बासिन्दा नेपालको शव अहिले पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ ।
दुर्घटनालगत्तै जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले ठक्कर दिने बस र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने चालक झापाको कनकाई नगरपालिका–३ का ३८ वर्षीय समीर लुइँटेल रहेका छन् । घटनाका सम्बन्धमा थप कानुनी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।