लोड हुँदैछ...

मेनु

भवनको संवेदनशिलता मुल्याङकनका लागि ईन्जिनियरहरुलाई अभिमुखिकरण

भवनको संवेदनशिलता मुल्याङकनका लागि ईन्जिनियरहरुलाई अभिमुखिकरण

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले संरचनात्मक ईन्जिनियरिङको नयाँ प्रविधिक ,ज्ञान ,शीप मुल्यमान्यता र मुल्यांङकनबारे कार्यरत ईन्जिनियरहरुलाई अभिमुखिकरण प्रदान गरेको छ ।

नेपाल स्ट्रक्चरल ईन्जिनियर एसोसिएसन नेपालको सहयोगमा मनमोहन प्राविधिक विश्वविद्यालयको स्कुल अफ ईन्जिनियरिङले कोशीका पालिका र कार्यालयहरुमा कार्यरत सिभिल ईन्जिनियरहरुका लागि ईटाढुंङगाबाट बनेका संरचनाहरुको नयाँ निर्माण र प्रवलीकरण्णबारे नयाँ ज्ञान शीप र प्रबिधिबारे जानकारी गराउन अभिमुखिकरण प्रदान गरेको हो ।

मनमोहन प्राविधिक विश्वविद्यालयको हात्तीमुढा स्थित केन्द्रिय कार्यालययमा मंगलबारदेखी आयोजना भैरहेको अभिमुखिकरणमा कोशी सरकारका मन्त्रालय , कार्यालय , पालिकाहरु अनि ईन्जिनियरिङ क्याम्सप र पेशामा सक्रृय ईन्जिनियरहरु सहभागी छन ।
कार्यरत ईन्जिनयरुलाई न्युजिल्याण्डको प्रसिद्ध ईन्जिनियरिङ कम्पनी रेसिप्रो ईन्टरनेशनलका स्ट्रक्चरल ईन्जिनियरिङ विज्ञ निर्देशक डा जितेन्द्र वोथारा लगायतले सहजीकरण गरेका छन । विज्ञ सहजकर्ता डा बोथाराले भूकम्प, आगलागी तथा अन्य प्राकृतिक विपद्का दृष्टिले नेपालका अधिकांश पुराना इँटा–ढुंगाबाट निर्मित भवनहरू उच्च जोखिममा रहेको सन्दर्भमा विश्वविद्यालयले नयाँ प्रविधि, ज्ञान, सीप, मूल्य–मान्यता तथा मूल्याङ्कन पद्धतिबारे इन्जिनियरहरूलाई अद्यावधिक गराउने आफनो उद्देश्य प्रस्टपारे ।

अभिमुखिकरणको उदघाटन गर्दै पुर्वाञ्चल विश्वविद्यालयका ईन्जिनियर संकायका डिन प्रोफेसर डाक्टर भोला शर्मा घिमिरेले निर्माण गरिने निजी र सार्वजनिक महत्वपुर्ण संरचनाहरु सबल भएमात्र विज्ञ ईन्जिनियरहरु पनि सफल हुनेभएकोले सक्रृय ईन्जिनियरहरुले सधै नयाँ ज्ञान , शीप र प्रविधिबारे निरन्तर अपडेट भैरहनुपर्ने भएकोले अभिमुखिकरण अनिवार्य हुने बताए ।
नेपाल स्टक्चरल ईन्जिनियरिंङग एसोसिएनका अध्यक्ष कृष्णसिँह बस्नेतले परम्परात प्रविधिमा निर्माण भएका सार्वजनिक र सांस्स्कृतिक भौतिक संरचनाहरु सधै भुकम्पनको जोखिममा हुने भएकोले अब नयाँ ज्ञान , शीप र प्रविधि सहित सुरक्षित रुपले निर्माण गराउने जिम्मेवारी दक्ष ईन्जिनियरहरुको हुन्छ भने । उनले नेपालजस्तो भूकम्पीय जोखिमयुक्त मुलुकमा मेसन्री भवनको संवेदनशीलता मूल्याङ्कन जनधनको सुरक्षा र सुरक्षित सहरी विकासका लागि अभिमुखिकरण अति आवश्यक भएको बताए । तालिमले इन्जिनियरहरूको प्राविधिक क्षमता अभिवृद्धि हुनुका साथै स्थानीय तह, सहरी योजना र पुनर्निर्माण कार्यमा गुणस्तरीय निर्णय लिन सहयोग पुग्ने अध्यक्ष बस्नेतले बताए ।

पुर्वाञ्चल ईन्जिनियरिङ क्याम्पस धरानका प्रमुख काजीराम कार्कीले सही प्राविधिक र ज्ञान शीपमा आधारित भएर संरचनाहरु निर्माण नहुँदा प्राकृतिक नभएर कृत्रिम मानविय विपत्ती बन्नेसक्ने भएकोले अन्तराष्ट्रिय नयाँ प्रविधिहरुलाई प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए ।
मनमोहन प्राविधिक विश्विद्यालयकी डिन उपाध्क्ष डा रेखा श्रेष्ठले विश्वविद्यालयलाई अध्यन र अनुसन्धानमा सक्रृय बनाइराख्न स्ट्रक्चरल ईन्जिननियर एसोसिएसन नेपालको सहयोगमा विज्ञ नेपालको आएको अवसर पारेर अभिमुखिकरण आयोजना गरेको बताइन । मनमोहन प्राविधिक विश्वविद्यालयले आगामी दिनमा पनि संरचनात्मक इन्जिनियरिङ, विपद् जोखिम न्यूनीकरण तथा सुरक्षित निर्माणसम्बन्धी निरन्तर तालिम र अनुसन्धान कार्यक्रम सञ्चालन गर्ने डिन श्रेष्ठले जानकारी गराइन ।

मंगलबारदेखी सुरु भएको कार्यरत ईन्जिनियरहरुको अभिमुखीकरणमा सहभागी इन्जिनियरहरूलाई ढुंगा सिमेन्टबाट निर्माण भएका संरचनाको जोखिम पहिचान र मूल्याङ्कन गर्ने आधुनिक प्राविधिक विधि बारे जानकारी गराइनेछ । भवनको संरचनात्मक विशेषता र तिनमा देखिने सामान्य कमजोरीहरू, भूकम्पीय संवेदनशीलता मूल्याङ्कनका चरणहरू ,भवनको डिजाइन, निर्माण सामग्री, जोड–जडान र भार वहन क्षमताको विश्लेषण,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कोड, मापदण्ड र मार्गदर्शन को प्रयोग ,जोखिमको स्तर निर्धारण गरी रेट्रोफिटिङ (संरचना मजबुत बनाउने उपाय) का विकल्पहरूबारे जानकारी गराइनेछ । यसैगरि स्थानीय तहमा जोखिम न्यूनिकरणका लागि प्राविधिक सिफारिस तयार गर्ने तरिका कार्यक्रममा व्यावहारिक अभ्यास, केस स्टडी तथा वास्तविक भवनको उदाहरणमार्फत मूल्याङ्कन कसरी गर्ने भन्ने विषयबारे पनि छलफल सहित अनुभव आदानप्रदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।