लोड हुँदैछ...

मेनु

बालेनको उम्मेदवारीले तातियो झापा ५ : दमकचोकमा कार्यकर्ताको भिड (तस्बिरहरू)

बालेनको उम्मेदवारीले तातियो झापा ५ : दमकचोकमा कार्यकर्ताको भिड (तस्बिरहरू)

दमक । झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार बन्न लागेका बालेन्द्र शाह (बालेन) को उम्मेदवारी दर्ता प्रक्रियाका लागि दमकचोकमा पार्टी कार्यकर्ता र समर्थकहरूको ठूलो भिड जम्मा भएको छ।

अहिले केही बेरमा बालेनले निर्वाचन अधिकृतको कार्यालय पुगेर झापा क्षेत्र नम्बर ५ का लागि आफ्नो मनोनयन दर्ता गराउने कार्यक्रम रहेको छ। उम्मेदवारी दर्ताका लागि जम्मा भएका कार्यकर्ताहरूको उत्साहजनक उपस्थितिले दमकको सडक भरिभराउ देखिएको छ।

ओली र बालेनबीच ‘हेभीवेट’ प्रतिस्पर्धा
यसपटक झापा क्षेत्र नम्बर ५ मा निकै रोचक र कडा प्रतिस्पर्धा हुने देखिएको छ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रका रूपमा परिचित यस ठाउँमा बालेन शाहले उम्मेदवारी दिएसँगै राष्ट्रिय राजनीतिमा नयाँ तरंग पैदा भएको छ।

एमाले अध्यक्ष ओली र लोकप्रिय युवा नेता बालेनबीचको यो प्रतिस्पर्धालाई देशभरि नै चासोका साथ हेरिएको छ। दमकचोकमा भेला भएका रास्वपा कार्यकर्ताहरूले बालेनको पक्षमा नाराबाजी गर्दै र्‍यालीको तयारी गरिरहेका छन्। बालेनको उम्मेदवारीले यस क्षेत्रको चुनावी समीकरणलाई कस्तो मोड दिने हो, त्यो भने हेर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।