लोड हुँदैछ...

मेनु

फेरीबाट तार्न खोजिएको बस डुब्यो सुनकोशीमा

फेरीबाट तार्न खोजिएको बस डुब्यो सुनकोशीमा

विराटनगर । उदयपुर र भोजपुर जोड्न घरेलु सामानबाट बनाइएको फेरीको सहायताले तार्दै गरेको बस सुनकोशी नदीमा डुबेको छ।

प्लाष्टिकका ड्रमलाई जोडेर बनाइएको फेरीमाथि राखेर उदयपुरबाट भोजपुरतर्फ तार्दै गरेको बस सन्तुलन बिग्रेर नदिमा डुबेको हो ।

बस फेरी सञ्चालकहरु मध्येकै रत्न तामाङको हो। चौदण्डीगढी नगरपालिका–१ का पूर्ववडाध्यक्ष रोहित तामाङका अनुसार ईटहरीबाट भोजपुरको बालखातर्फ जाँदै गरेको बा३ख ६३३९ नम्बरको बस सुनकोशीमा डुबेको हो ।

बससँगै डुबेका चालकको स्थानीयले सकुशल उद्धार गरेका छन् । बसबाट यात्रुहरु उतारेर तार्ने गरिएकोले मानवीय क्षति भने भएन ।

सो स्थानमा फेरीलाई जेनेरेटरमा जोडेर फलामे लठ्ठाको सहायताले जोखिम मालेर कोशी वारपार गराउने गरिएको छ । फेरीमाथि बस, बोलेरो, ट्याक्टर जस्ता ठूला सवारी साधनसमेत वारपार गरिँदै आएको छ।

फेरी सञ्चालकहरुले बोलेरो तथा साना सवारी साधनको २ हजारसम्म र बस, ट्याक्टर र ठूला सवारी साधनको ४ हजारसम्म शुल्क लिने गरेका छन् । उदयपुर र भोजपुर जोड्ने सुनकोशी नदीको रानीतारमा मोटरेबल पक्की पुल २०७४ सालमा सिलान्यास गरी निर्माण थालिएको एक दशक नाघिसक्दा पनि बनेको छैन ।

पुल नबनेपछि स्थानीय रत्न तामाङलगायतको एक समूहले करिब २५ लाख बराबरको लगानीमा घरेलु फेरी निर्माण गरेको जनाएको छ । पुल नहुँदा सवारी साधन वारपार गर्न सोही फेरी प्रयोग गर्न स्थानीय बाध्य छन् ।

सुनकोशीमा यात्रुवाहक बस डुबेको पुष्टि गर्दै इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक प्रभात सुब्बाले घटनास्थलमा प्रहरी खटिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।