लोड हुँदैछ...

मेनु

नेपाल प्रहरीमा ११ एसएसपीको सरुवा, कसको कहाँ भयो ?

नेपाल प्रहरीमा ११ एसएसपीको सरुवा, कसको कहाँ भयो ?

विराटनगर । नेपाल सरकार, गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ। गत शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालको निर्णयअनुसार जनपद प्रहरी समूहका एसएसपीहरूलाई विभिन्न कार्यालयमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

निर्णयअनुसार काठमाडौँ उपत्यकाको सुरक्षा र अपराध अनुसन्धानका महत्त्वपूर्ण शाखाहरूमा हेरफेर गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रमुखमा वसन्त रजौरेलाई ल्याइएको छ। यसअघि उनी प्रहरी प्रधान कार्यालयस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा कार्यरत थिए। विमानस्थलमा कार्यरत सोमेन्द्र सिंह राठौरलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको मानवस्रोत व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ।

त्यसैगरी, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखमा सन्तोष खड्कालाई जिम्मेवारी दिइएको छ। उनी यसअघि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत थिए। सो कार्यालयका प्रमुख रमेश कुमार बस्नेतलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको शान्ति सुरक्षा महाशाखामा पठाइएको छ।

दिपक पोख्रेललाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, रूपन्देहीमा सरुवा गरिएको छ। त्यस्तै, केदार खनाललाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट नेपाल प्रहरी प्रदेश कार्यालय पोखरामा पठाइएको छ।

अन्य सरुवा हुनेहरूमा दीप शम्शेर ज।व।रा।लाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट प्रहरी महानिरीक्षकको सचिवालयमा, नान्ती राज गुरुङलाई कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रबाट बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा र बिमल राज कंडेललाई नेपाल प्रहरी प्रदेश कार्यालय पोखराबाट प्रहरी प्रधान कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा गरिएको छ।

यस्तै, महेन्द्र खड्कालाई नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाबाट प्रहरी प्रधान कार्यालयको कानुन तथा मानव अधिकार महाशाखामा र श्याम कुमार महतोलाई प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन महाशाखाबाट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत ९हाल नेपालगन्ज० मा सरुवा गरिएको छ। गृह मन्त्रालयले आवश्यकता अनुसार नियमित प्रक्रिया अन्तर्गत यो सरुवा गरेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।