लोड हुँदैछ...

मेनु

विराटनगर क्रिकेट लिग : डाइनामिक क्रिकेट एकेडेमी विजयी

विराटनगर क्रिकेट लिग : डाइनामिक क्रिकेट एकेडेमी विजयी

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरमा जारी विराटनगर क्रिकेट लिगु अन्तर्गत शनिबार सम्पन्न खेलमा डाइनामिक क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेको छ ।

विराटनगरस्थित मेरिलबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा डाइनामिकले कटहरी क्रिकेट क्लब एकेडेमीलाई ३ विकेटले पराजित गर्यो ।

टस जितेर पहिले ब्याटिङ रोजेको कटहरीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११८ रनको सामान्य योगफल तयार पारेको थियो । कटहरीका लागि प्रसिद्ध मण्डलले ३५ रन र आइस्टिन रिजालले २४ रनको योगदान दिए । बलिङतर्फ डाइनामिकका विवेक झाले २ विकेट लिए भने विकास कामत, एस.एस. झा र सुवास रायले १–१ विकेट झारे ।

११९ रनको लक्ष्य पछ्याएको डाइनामिकले १९ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । डाइनामिकका रवि रायले अविजित २९ रन जोडे भने रोशन कामतले २२ रनको योगदान दिए । कटहरीका अभय कामतले ३ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् । यस्तै सुमित यादव र रणधिर कामतले १–१ विकेट लिए ।

खेलको ‘प्लेयर अफ द म्याच’ डाइनामिकका विवेक झा घोषित भए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।