विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–४ झुरीखोला छेउको बाँसझाङमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद र जुवा खेल्ने सामग्रीसहित नियन्त्रणमा लिएको हो ।
शुक्रबार साँझ करिब ६ बजेको समयमा जुवाको खालमा छापा मार्दा ३ लाख १३ हजार रुपैयाँ नगद र १६ थान कौडा बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिनन्दन चौधरीले जानकारी दिए ।
पक्राउ पर्नेहरूमा सुनसरी, इटहरी उपमहानगरपालिका–९ बस्ने ५७ वर्षीय जय किशोर साह, भोजपुर घर भई हाल सुनसरी, धरान बस्ने ५६ वर्षीय हेमन्त राई, मोरङ, कटहरी गाउँपालिका–१ बस्ने ४२ वर्षीय सोनलाल राजवंशी र सुन्दरहरैंचा नगरपालिका–५ बस्ने ४७ वर्षीय इन्द्र आचार्य रहेका छन् । पक्राउ परेका उनीहरूलाई आवश्यक थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको डिएसपी चौधरीले बताए ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।