विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा उपसचिव दुर्गाप्रसाद सिग्देल नियुक्त भएका छन् । शुक्रबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सिग्देललाई बोर्डको सदस्य सचिवको जिम्मेवारी सुम्पिने निर्णय गरेको हो ।
गत असोज २४ गतेदेखि रिक्त रहेको बोर्डको सदस्य सचिव पदमा अर्को व्यवस्था नभएसम्मका लागि सिग्देललाई तोकिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए । सिग्देल हाल प्रदेश सरकारकै उपसचिवका रूपमा कार्यरत छन् ।
यसैगरी, मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवमा आसमान तामाङलाई पदस्थापन गर्ने निर्णयसमेत गरेको छ । तामाङलाई मन्त्रालयको प्रशासनिक नेतृत्व सम्हाल्ने गरी जिम्मेवारी दिइएको मन्त्री पराजुलीले बताए ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।