लोड हुँदैछ...

मेनु

एनसीसी जुनियर डिभिजन तालिम सम्पन्न, ५३१ क्याडेट दीक्षित

एनसीसी जुनियर डिभिजन तालिम सम्पन्न, ५३१ क्याडेट दीक्षित

इटहरी । नेपाली सेनाको राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय याङसिलामा सञ्चालन भएको सि.सं. ५१औँ एनसीसी जुनियर डिभिजन तालिमको तेस्रो तथा अन्तिम चरणबाट ५३१ क्याडेट दीक्षित भएका छन्।

बुधबार मोरङमा आयोजित दीक्षान्त कवाज समारोहमा २६५ छात्र र २६६ छात्रालाई दीक्षित गरिएको हो।

कोशी मधेस र बागमती प्रदेशका १८ विद्यालयका क्याडेट सहभागी उक्त तालिम तीन सातासम्म सञ्चालन गरिएको थियो। छात्रतर्फ जगन्नाथ डेडराज जनता माविका नबिन विक र छात्रातर्फ इष्ट होराइजन अंग्रेजी माविकी बिनिशा बस्नेत सर्वोत्कृष्ट घोषित भए। इष्ट होराइजन अंग्रेजी मावि सर्वोत्कृष्ट प्लाटुनबाट पुरस्कृत भयो।

समारोहमा नेपाली सेनाका उपरथी नकुलबहादुर रायमाझीले सलामी ग्रहण गर्दै तालिमबाट प्राप्त सीप व्यवहारमा उतार्दै राष्ट्रिय एकताको भावना साथ काम गर्न क्याडेटलाई निर्देशन दिए। तेस्रो चरण सम्पन्न भएसँगै अब सि.सं. ५२औँ तालिम आगामी आर्थिक वर्षमा सञ्चालन हुने नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।