विराटनगर । हिउँद याम सुरु भएको डेढ महिनामा वर्षा नभएकोमा आगामी साता वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन् ।
मौसमविद विनोद पोखरेलले अर्को हप्ता हिउँदे वर्षाको सम्भावना रहेको बताएका छन्। उनका अनुसार आगामी हप्ताबाट नेपालमा पश्चिमी वायु पानी पर्ने री प्रवेश गर्नेछ। यसले एक हप्तासम्म प्रभावित पार्ने सक्ने देखाएको छ। वर्षाले बाटो मोड्न सक्ने सम्भावना भने देखिएको उनको भनाइ छ ।
‘मौसम पूर्वानुमानले अर्को हप्ता शुक्रबार, जनवरी २३ देखि नेपालभरि पहिलो हिउँदको वर्षा हुने राम्रो सम्भावना देखाएको छ। र, यो एक हप्तासम्म प्रभावित हुनसक्छ’ पोखरेलले सामाजिक सञ्जालमा लेखका छन्, ‘पश्चिमी न्यूनचापीय प्रणालीले आफ्नो बाटो परिवर्तन गर्न सक्छ र पूर्वानुमान परिवर्तन हुन सक्छ, म आगामी दिनहरूमा अद्यावधिक गर्नेछु ।’



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।