विराटनगर । नेकपा एमालेको जारी ११औं महाधिवेशन स्थलमा उम्मेदवारहरूले मत माग्ने अनेक शैली अपनाइरहँदा केन्द्रीय सदस्यका उम्मेदवार तुलसी न्यौपानेले भने सबैभन्दा पृथक र रोचक तरिका रोजेका छन्।
कोशी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका न्यौपानेले आफ्नो नाम (तुलसी) सँग ठ्याक्कै मिल्ने साक्षात ‘तुलसीको बोट’ नै हातमा बोकेर प्रतिनिधिहरूसँग मत मागिरहेका छन्। निधारमा टीका र हातमा तुलसीको बोट बोकेर उनी प्रतिनिधिको घरदैलो र महाधिवेशन स्थलमा पुग्दा धेरैको ध्यान उनीतर्फ खिचिएको छ।
हजारौं प्रतिनिधि र दर्जनौं उम्मेदवारको भीडमा आफ्नो नाम सजिलै ‘रिकल्लीङ’ (सम्झन) गराउन उनले यो सिर्जनात्मक तरिका अपनाएका हुन्। उनको यो शैलीले महाधिवेशनको माहोलमा केही रोचकता थपेको छ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।