लोड हुँदैछ...

मेनु

ओलीविरुद्ध कर्तब्य ज्यान मुद्दामा कार्वाही चलाउन काँग्रेस सांसदको जाहेरी

ओलीविरुद्ध कर्तब्य ज्यान मुद्दामा कार्वाही चलाउन काँग्रेस सांसदको जाहेरी

विराटनगर । जेन–जी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेपाली काँग्रेसका सांसदले कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ ।

कांग्रेस सांसद अभिषेकप्रताप शाहले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत जाहेरी दिएका हुन् ।

काँग्रेसको समर्थनमा रहेको र काँग्रेसकै गृहमन्त्री रहेको सरकारले अति बल प्रयोग गर्दा भदौ २३ गतेको आन्दोलनमा दर्जनको ज्यान गएको थियो । ओली सरकार बर्खास्तामा परेर शुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेपछि काँग्रेस सांसद साहले गोली चलाउन आदेश ओलीले नै दिएको भन्दै कार्वाहीको माग गरेका हुन् ।

जाहेरीअनुसार सो घटनामा १७ देखि ४५ वर्ष उमेर समूहका एक दर्जनभन्दा बढी युवाको मृत्यु भएको र धेरैजना घाइते भएको उल्लेख छ । मृत्यु भएका युवामध्ये सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारु मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, शौरभ किशोर श्रेष्ठ, सुवास बोहोरा र निरज पन्तलगायतको नाम समावेश गरिएको छ ।

जाहेरीमा ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाबारे गहिरो अनुसन्धान गरी प्रमाणसहित कानुनी कारबाही गर्न माग गरिएको छ । शव परीक्षण रिपोर्ट र घटनास्थल मुचुल्का प्रमाणका रूपमा पेस गर्नुपर्ने मागसमेत गरिएको छ। प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जाहेरीलाई सम्बन्धित निकायमा पठाउने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।