जेन–जी आन्दोलनको क्रममा भाटभटेनीमा लुटपाट गर्ने शिक्षक बर्खास्त

विराटनगर। जेन–जी आन्दोलनको नाममा भाटभटेनी सुपरमार्केटमा आइसक्रिम चोरेको प्रमाण सार्वजनिक भएपछि एक स्कूलले शिक्षकलाई बर्खास्त गरेको छ ।

भाटभटेनीबाट चोरी गरेको फोटो सार्वजनिक भएपछि बुटवलको कालिका मानव ज्ञान स्कुलले शिक्षक शिवशंकर शुक्लालाई कारबाही गरी निष्कासन गरेको हो ।

शुक्रवार लुटपाटमा उनी संलग्न भएको फोटा सार्वजनिक भएको थियो ।विद्यालयका प्राचार्य दिनेश थापाले भदौ २४ गते जेन–जीको प्रदर्शनमा आफ्नो विद्यालयका शिक्षक शिवशंकर शुक्ला सहभागी भई बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटमा भएको अनियमिततामा संलग्न रहेको देखिएकाले विद्यालयको आचरण संहिता तथा नियम विपरीत कार्य गरेको ठहरिएकाले आजैका मितिबाट लागू हुनेगरी हटाइएको जनाएका छन् ।

नेपालप्रेसबाट

भदौ २८, २०८२, दिउँसोको ०४:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर