लोड हुँदैछ...

मेनु

कोशीका आन्तरिक मामिला मन्त्री भण्डारीको घरमा तोडफोड

कोशीका आन्तरिक मामिला मन्त्री भण्डारीको घरमा तोडफोड

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् ।

सोमबार देशभर सुरु भएको जेन–जीको आन्दोलनमा सरकारले निर्मम दमन गरेर १९ जनाको ज्यान लिएपछि मंगलबार आक्रोशित प्रदर्शनकारीले नेताका घर र सरकारी कार्यालयमा निसाना लगाइरहेका छन् । इटहरीमा कर्फ्यूको अवज्ञा गर्दै इटहरीमा प्रदर्शनमा ओर्लिएको समूहले इटहरी–६ स्थित मन्त्री भण्डारीकोक घरमा तोडफोड गरेको हो ।

तोडफोडबाट घरको सिसा फुटेका छन् । घटनाको विस्तृत जानकारी आइसकेको छैन । जिल्ला प्रशासनले इटहरी क्षेत्रमा प्रर्दशन गर्न, भेला हुन र सभा गर्न नपाउने गरी अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको भएपनि त्यसको अवज्ञा भएको छ ।

प्रदर्शनकारीले मन्त्री भण्डारीको घरको सिसा, अगाडीको गेट तोडफोड गरेपछि आगजनीको प्रयास गरेका थिए । तर, घरमा अन्य मानिसहरु पनि भाडामा बस्ने भन्दै केही केहि प्रदर्शनकारीले नै आगजानी रोकेका थिए ।

आक्रोसित प्रदर्शनकारीले नेकपा एमाले इटहरीको पार्टी कार्यालयमा आगजनी गरेको छन् । ठुलो संख्यामा नाराबाजी गर्दै पाटी कार्यलय पुगेका प्रदर्शनकारीले फर्निचरमा तोडफोड गरी आगो लगाएका थिए ।

प्रदर्शनकारी पार्टी कार्यलयमा आगो लगाए पछि मन्त्री रेवतिरमण भण्डारीको घरतर्फ मोडिएका थिए । मन्त्री भण्डारीको घरमा तोडफोड गरेपछि भिड नेपाली काँग्रेसको पार्टी कार्यलयतर्फ मोडिएका छन् ।

प्रदर्शनकारीहरुले हिजो जेन–जीको आन्दोलनमा गोली हान्न आदेश दिनेलाई कारबाहीको माग गरिरहेकाक छन् । ठुलो संख्यामा भेला भएका प्रर्दशनकारीहरुले यतिबेला इटहरीका विभिन्न गल्लीहरुमा भएर नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।