लोड हुँदैछ...

मेनु

विराटनगमा कर्फ्यू तोडेर प्रदर्शन : प्रदेशसभा अगाडि पटक–पटक झडप

विराटनगमा कर्फ्यू तोडेर प्रदर्शन : प्रदेशसभा अगाडि पटक–पटक झडप

विराटनगर । कर्फ्यू उल्लंघन गर्दै आन्दोलनकारीहरु कोशी प्रदेश सभा भवनमा प्रवेश गर्न खोजेपछि विराटनगरको देवकोटा चोक र अस्पताल चोकबीचको सडक रडमैदान बनेको छ ।

विहानैदेखि देवकोटा चोकमा भेला भएर प्रदर्शनकारीले प्रदर्शन गरिरहेका थिए । अस्पताल चोकतर्फबाट प्रहरीको ब्यारिकेट तोडेर प्रदर्शनकारीको समूह प्रदेशसभा छिर्ने भन्दै अगाडि बढेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुंग्यास प्रहार गरिरहेको छ भने आन्दोलनकारीले ढुंगा प्रहार गरिरहेका छन् । प्रहरीले हानेको अश्रुग्याँसको सेल प्रदर्शनकारीले प्रहरीतिरै फालिरहेका छन् ।

विराटनगरका चोकचोकमा प्रदर्शन जारी छ । चोक चोकमा रहेका ट्राफिक पोष्टहरु प्रदर्शनकारीले जलाएका छन् भने बजार पूर्ण रुपमा बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।