विराटनगर । नेकपा एमाले विराटनगर महानगरपालिका अन्र्तगतका १४ वटा वडाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार एकै दिन भएको तेश्रो वडा अधिवेशनमा १४ वटा वडामा सर्वसम्मत वडा कमिटी निर्वाचित भएको एमाले महानगर कमिटीका सचिव विज्ञान चापाागाईँले जानकारी दिए । ती वडाहरुमा अध्यक्ष सहितको समिति निर्वाचित भएका हुन् ।
तीन वटा वडामा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान प्रकृयामा लगिएको शर्माले जानकारी दिए । उनका अनुसार दुई वटामा अधिवेशन स्थगित भएको छ । वडा नं. ७ र ९ मा वडा कमिटी अध्यक्षहरु एक जना अस्वस्थ र एक जना विराटनगर बाहिर भएका कारण अधिवेशन स्थगित भएको सचिव शर्माले बताए ।
तेश्रो वडा अधिवेशनबाट वडा नम्बर १ को वडा कमिटी अध्यक्षमा ईश्वर रिजाल, २ मा प्रविणचन्द्र कर्ण, ३ मा ईश्वर निरौला, ५ मा राजेश गिरी, ६ मा नारायण बराल, ८ मा भूवन राजवंशी निर्वाचित भए । वडा नं. ११ मा सूर्यकिरण घिमिरे, १२ मा भानुभक्त पाठक, १३ मा निरज बस्नेत, १५ मा भिखारी खत्वे, १६ मा धनकुमार लामा, १७ मा मोहम्मद गुल्जार, १८ मा जितेन्द्र कामत र १९ मा अमिरलाल चौधरी निर्वाचित भएका छन् । वडा कमिटीको अधिवेशनबाट नौ जना अध्यक्षहरु दोहोरिएका छन् ।
विराटनगर ४, १० र १४ मा निर्वाचन मार्फत नेतृत्व चयन प्रकृया अघि बढेको महानगर कमिटी निर्वाचन समितिका संयोजक गणेशराज लुइँटेलले जानकारी दिए ।