सिँचाइको महशुल घटाएको झुटो प्रचार गर्दैै प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सिँचाइको लागि विद्युत् शुल्क घटाएको गलत प्रचार गरेका छन् ।

बुधबार आफ्नो फेसबुकमा सिँचाइका लागि प्रतियुनिट ३ रुपैयाँमा बिजुली भन्दै राखेको स्टाटसमा उनले विद्युत् शुल्क घटाएको फोटो राखेका थिए । त्यसलाई एमालेका नेता तथा कार्यकर्ताले प्रचार गरिरहेका छन् ।

तर, नेपाल विद्युत् प्राधिकरणले सिँचाइको लागि यसअघि नै ३ रुपैयाँभन्दा कममा विद्युत उपलब्ध गराउँदै आएको छ । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका अनुसार सिचाई मिटरमा प्रतियुनिट २ रुपैयाँ २५ पैसादेखि ३ रुपैयाँसम्म मात्र शुल्क लिने गरिएको छ ।

तत्कालीन ऊर्जा मन्त्री पम्फा भुसाल र नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ रहेको बेला २०७८ सालमा सिँचाइका लागि अफपिक आवरमा २ रुपैयाँ प्रतियुनिटसम्म  हुने गरी महसुल निर्धारण गरिएको थियो । १ पुस २०७८ बाट नेपाल विद्युत् प्राधिकरण, विद्युत महसुल संकलन विनियमावली २०७८ लागू भएको थियो ।

सो विनियमावलीले यस्तो सबैभन्दा सस्तो बिजुली सिँचाइ वर्गका उपभोक्ताले पाउने गरी तोकेको थियो । सो बेला प्राधिकरणले सिँचाइतर्फको महसुल औसतमा ४० प्रतिशत घटाएको थियो ।

प्राधिकरणको विद्युत् महसुल दरमा तल्लो भोल्टेज स्तर (२३०-४०० भोल्ट) र माथिल्लो भोल्टेजका सिँचाइ उपभोक्तालाई प्रतियुनिट २ रुपैयाँ २५ पैसा निर्धारण गरेको छ । ११ केभी र ३३ केभीको लागि २ रुपैयाँ ५० पैसा शुल्क प्राधिकरणले तोकेको छ ।

सिचाईंको मिटरबाट उठ्ने महुशल यसअघि नै ३ रुपैयाँभदा कम रहेकोमा घटाएर ३ रुपैयाँ बनाएको भन्ने प्रधानमन्त्रीको प्रचार अनौठो देखिएको छ ।

साउन १४, २०८२, साँझको ०५:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर