विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र कार्यक्रम राखेका छन् ।
माओवादी अध्यक्ष प्रचण्डले आज मोरङको उर्लावारी र झापाको दमकमा दुइटा कार्यक्रममा सहभागिता जनाउने भएका हुन् ।
उर्लावारीमा पार्टी प्रवेश कार्यक्रम र दमकमा चार वटा मोर्चाको राष्ट्रिय सम्मेलनमा अध्यक्ष प्रचण्डले सहभागिता जनाउने माओवादी कोशी प्रदेश संसदीय दलका नेता तथा केन्द्रीय सदस्य इन्द्र आङ्बोले जानकारी दिए।
दमक प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र हो । ओलीको निर्वाचन क्षेत्रमा आफ्नो उपस्थितिलाई प्रचण्डले विशेष महत्त्व दिएका छन्।