एनपीएलको अभ्यास खेलमा पोखरासँग विराटनगर पराजित

एनपीएलको अभ्यास खेलमा पोखरासँग विराटनगर पराजित

मुलपानी क्रिकेट मैदानमा बिहीबार पोखरासँगको अभ्यास खेलमा विराटनगर पराजित भएको हो ।टस जितेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो । उसका लागि मार्की खेलाडी कुशल भुर्तेलले सर्वाधिक ३५ बलमा ५५ रनको विष्फोटक इनिङ खेल्दा अन्य खेलाडीको प्रदर्शन भने औसत रह्यो । खेलमा दिनेश खरेलले १६ रन बनाउँदा विदेशी खेलाडी बास डि लिड्सले १९ रन बनाए भने माइकल लिस्कले २१ रन र किरण तामाङले १० रन बनाएका थिए।

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को तयारीमा रहेको विराटनगर किंग्स पोखरा एभेन्जर्ससँग ३६ रनले पराजित भएको छ ।

विराटनगरका लागि सन्दीप लामिछाने र सुवाष भण्डारीले २–२ विकेट लिँदा जितेन्द्र मुखिया, प्रतिश जिसी र राजेश पुलामीले समान १–१ विकेट लिए ।

विदेशी खेलाडीबिना मैदानमा ब्याटिङका लागि उत्रिएको विराटनगर गतिलो ब्याटिङ गर्न असफल भयो । विराटनगर निर्धारति २० ओभरमा ८ विकेट गुमाएर १२४ रनमा समेटिएको थियो । उसका लागि फिर्दोस अन्सारीको २१ रनमा अविजित रहँदा दिपक बोहराले १९ रन तथा बसिर अहमदले १८ रन बनाए ।

फिर्दोसलाई सुवाष भण्डारीले १२ रनमा साथ दिएका थिए । पोखराका लागि सागर ढकाल र तीर्थ राज दासले २–२ विकेट लिएका थिए । शनिबार हुने एनपीएलको उद्घाटन खेलमा विराटनगरले जनकपुर बोल्ट्सको सामना गर्दैछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्