कोशी प्रदेश : मुख्यमन्त्री कार्कीद्वारा विश्वासको मत दिन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रदेशसभामा सहभागी सबै दललाई आग्रह गरेका छन् । विश्वासको मत माग्ने प्रयोजनका लागि आज बसेको प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो आग्रह गरेका हुन् ।

उनले सर्वोच्चमा चलिरहेको मुद्दाको विषय उल्लेख गर्दै अदालतले दिने निर्णयलाई आफूले मानेर जाने पनि बताए । संविधान वादमा विश्वास गर्ने भएकोले संविधानका प्रावधान र विधिशास्त्रलाई पनि मान्ने उनले बताए । ‘सबै सांसदको आशा, भरोसा र टुट्न दिनेछैन । प्रदेशबासीको शिर झुक्न दिने छैन,’ उनले भने ।

उता, नेपाली काँग्रेसले भने सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा हतारमा विश्वासको मत लिन मुख्यमन्त्री लागेको भन्दै बैठकमा अनुपस्थित रहने निर्णय गरेको छ ।

सोमबार, ३१ बैशाख, २०८१, दिउँसोको ०१:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर