विराटनगर । व्यवहारिक र प्रयोगात्मक सिकाइलाई अगाडि बढाउने उद्देश्य अनुसार पाठ्यक्रममा विपद् जोखिम व्यवस्थापन सम्बन्धित विषय समावेश गर्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । प्रदेश। १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय द्वारा बुधवार विराटनगरमा आयोजित कार्यक्रममा सरोकारवाला निकायसँग अन्तरक्रिया गरिएको हो ।
परम्परा गत शिक्षा अभ्यासको शिक्षा नभई प्रमाणपत्र मात्र प्राप्त गर्ने प्रकृतिको भएकाले प्रदेश सरकारले व्यवहारिक शिक्षालाई जोड दिइरहेको र त्यसैअनुसार पाठ्यक्रममा विपद् जोखिम व्यवस्थापन सम्बन्ध विषय समावेश गर्न मन्त्रालयले कार्यक्रमको आयोजना गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले बताए । ‘विद्यार्थी विद्यालयबाट निस्केपछि बाटोमा सुरक्षित हुनुपर्यो, पानीमा सुरक्षित हुनुपर्यो, आगोमा सुरक्षित हुनुपर्यो, भूकम्पमा सुरक्षित हुनुपर्यो, सुरक्षित भयो भने सिकाइको अर्थ रहन्छ, उसले समाजलाई सुरक्षित बनाउन सक्छ अनि राष्ट्र पनि सुरक्षित हुन्छ ।’ उनले भने ।
विद्यार्थीलाई नयाँ कुरा दिन नसके शिक्षकले जागिर खानकै लागि पढाउने तथा विद्यार्थी पास मात्रै हुन कालागि पढ्ने भन्दै यसलाई तोड्न सिकाइको नयाँ नीति अख्तियार गर्नुपर्ने आवश्यक रहेकोमा मन्त्री कार्कीको जोड छ ।सहभागीले विद्यार्थीलाई बोझ हुने कुरा सिकाउनु भन्दा व्यवहारिक शिक्षामा जोड दिनु आवश्यक भएको र सरकारले त्यसको सुरुवात गरेको बताएका छन् ।
प्रदेशका सबै स्थानीय सरकार, सामाजिक विकास मन्त्रालय तथा केन्द्रको सरकारसँग पनि समन्वय गरेर यसलाई पूर्णता दिन सकिने विपद् तथा शैक्षिक क्षेत्रका जनकारहरूले बताएका छन् ।उनीहरूले तहगत रूपमै विषय समावेश गर्न सकिने भन्दै प्रस्तुति दिएका थिए ।