विराटनगर । पत्रकारहरूको न्यूनतम पारिश्रमिक बढाउन न्यूनतम पारिश्रमिक निर्धारण समितिले सरकारलाई सिफारिस गरेको छ।
आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई भेटेर समितिले पत्रकारको न्यूनतम पारिश्रमिक ३४ हजार १ सय २५ बनाउन सिफारिस गरेको हो ।
मन्त्री शर्माले यो प्रस्तावलाई मन्त्रिपरिषद् बैठठकमा लाने बताएकी छिन्। यदि मन्त्रिपरिषद्बाट पारित भए आगामी आर्थिक वर्षदेखि उक्त सिफारिस अनुसार पारिश्रमिक तोकिने छ।
यसअघि पत्रकारको न्युनतम पारिश्रमिक २४ हजार ६ सय तोकिएको थियो।