सामुहिक बलत्कार प्रकरण : पक्राउ परेका विरुद्ध तीन वटा मुद्दामा अनुसन्धान सुरू

विराटनगर । दुबै हात र खुट्टा बाँधेर मोरङ जहदा गाउँपालिका ३ की २२ वर्षीया महिलालाई सामुहिक बलत्कार गरेको आरोपमा पक्राउ परेका तीन जना विरुद्ध प्रहरीले म्याद थप गरि अनुसन्धान सुरु गरेको छ । मोरङ प्रहरीले पक्राउ परेका तीन जना विरुद्ध तीन वटा मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरेको हो ।

सामुहिक बलत्कार गरेको आरोपमा प्रहरीले मोरङ कटहरी गाउँपालिका २ का बर्ष २० का महमद रमजान, सोही ठाउँका बर्ष १९ का सुनिल कुमार साह र भारत विहार राज्य अररिया जिल्ला कुसकिट्टा ग्राम पंचायत वडा नं. ९ हस्तचोक घर भई हाल कटहरी २ बसी ग्यारेजमा काम गर्ने बर्ष १८ का महमद गुल्जर पपक्राउ गरेको छ । उनीहरु विरुद्ध मोरङ अदालतमा बिहीबार अपहरण, शरिर बन्धक राखि ज्यान मार्ने उद्योग गरी जबरजस्ती करणी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भईरहेको मोरङ प्रहरीबा प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

पुस ९ गते दिउँसो अन्दाजी १२ः५० बजे ती महिलामाथि पक्राउ परेका तीन जनाले कटहरी गाँउपालिका वडा नं. २ कदमगछि स्थित बाँसघारी नजिक खेतमा सामुहिक बत्लकार गरेको प्रहरीले जनाएको छ । बलत्कार गरेपछि दुबै हात र खुट्टाहरु कपडाले बाँधेको र मुखमा समेत कपडा कोची अर्ध चेत अवस्थामा फेला परेकी थिइन् । त्यसपछि स्थानीयले ती महिलालाई अर्धचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मोरङबाट गएको प्रहरी टोली पुगेर तत्काल उद्धार गरेर विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।
घटनाको अनुसन्धानको क्रममा ९ पुसमा विहान अन्दाजी ०४ः३० बजेको समयमा ती महिला जहदा गाउँपालिका ३ स्थित घर पछाडी रहेको जुडी खोलामा शौच गर्न गएकी थिइन् । ‘त्यसपछि पक्राउ परेका तीन जना आएर पछडीबाट मुख छोपि हामीसंग जाउँ भनि सिटी सफारीमा राखि घरबाट अन्दाजि ३ किलोमिटर उत्तर पूर्व बाँसघारीमा लगि जवरजस्ती करणी गरेको पाइएको छ । करणी गरेपछि कालो सारीको कपडाले हात र खुट्टा बाँधि मुखमा समेत कपडा कोचि सोहि अबस्थामा छाडि फरार भएको पीडितसंगको प्रारम्भिक वयान क्रममबाट खुलेको छ,’ डिएसपी जोशीले भने ।

बिहिबार, ११ पुष, २०८१, दिउँसोको १२:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर