प्रदेश १ चिया उत्पादनका लागि कहलिएको क्षेत्र हो । यही प्रदेशमा मुलुकको ठूलो हिस्साको चिया उत्पादन हुन्छ । नेपालकै प्रमुख नगदे बालीमा चियाको समस्या समाधानका लागि प्रदेशमा विभिन्न चरणमा बहसहरु हुँदै आएका छन् । इलामको सूर्योदयदेखि झापाको हल्दिबारीसम्म यसबारे धेरै चासो र चिन्ता प्रकट भइरहेका छन् । नेपालको कूल २८ जिल्लामा हुने चिया खेती सबैभन्दा धेरै प्रदेश १ मै हुने गरेको छ । झापा र इलाम जस्ता जिल्लाहरु चियाको राजधानी क्षेत्र मानिन्छन् । केही समयअघिदेखि भारतीय बजारले नेपाली चिया आयात सम्बन्धि लिएको रणनीतिले हाम्रो बजार गुम्ने जोखिम बढिरहेको छ ।
यहीबीचमा उत्पादकदेखि उपभोक्तासम्म जेलिएको नेपालको चिया क्षेत्रको समस्यामा समाधान खोज्न थालिएको छ । ‘चियाको राजधानी’ मानिने इलामको सूूर्योदय नगरपालिका र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपालको चिया उत्पादन, व्यापार, बजारीकरण र ब्रान्डिङलगायत क्षेत्रमा देखिएका समस्यामा छलफल थालेका हुन् । त्यसो त सूर्योदय नगरपालिकाले चिया क्षेत्रको समस्या समाधान गर्न समिति नै गठन गरेको थियो । समितिले सरोकारवालासँग छलफल गरी चिया समस्यामा समाधान खोज्न थालेको हो । समितिले चिया किसान, उद्योगी, व्यापारी, जनप्रतिनिधिलगायत स्थानीयदेखि संघीयस्तरका सबै निकायसँग छलफल गरिरहेको छ। सरोकारवालाको छलफल र सुझाव संकलन गरी चिया क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रयास गरेकाजनाएको छ । यस्तै पहल सर्वत्र हुन जरुरी छ ।
किनभने, गुणस्तरदेखि बजारसम्मैको चिन्ता यहाँ थपिँदो छ । भारतमा नेपाली चिया आयातमा मात्रात्मक प्रतिबन्ध लगाउनुपर्छ अथवा उच्च आकारमा ‘एन्टी डम्पिङ ड्युटी’ लगाउनुपर्छ भन्ने मान्यता बलियो छ । नेपालमा उत्पादित चियाको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय बजार भारत नै हो, ज्यादै सानो हिस्सा मात्रै तेस्रो देश जान्छ । वर्षौंअघि देखि चियाको अन्तर्राष्ट्रिय बजारको विकल्प खोज्नुपर्ने माग उच्च थियो । तर, त्यसतर्फ न राज्य लाग्यो, न चिया उद्यमी नै इच्छुक देखिए । अहिले जब संकट सामुन्ने आइपुग्यो, सबै जना वैकल्पिक बजारको वकालत गरिरहेका छन् । चियाको अर्कोभन्दा नेपालका लागि भारत नै सबैभन्दा सजिलो र नजिकको बजार हो । त्यही बजार गुम्न नदिनेतर्फ हाम्रो पहल–प्रयत्न हुनु जरुरी छ । त्यसका लागि नेपाल भारत वाणिज्य सन्धिको आवधिक पुनरावलोकनको समयलाई उपयोग गर्ने र सरकारको राजनीतिक तहमै कुरा गर्ने पहल नेपाली पक्षले गर्नुपर्छ ।
द्विपक्षीय वाणिज्य सन्धि अनुसार नेपालबाट भारत निर्यात हुने कृषिवस्तुमा कर नलिने उल्लेख छ । सन्धिमा नेपालबाट आयात गरिने कृषि उत्पादनमा भारतले मात्रात्मक प्रतिबन्ध नलगाउने बुँदा पनि उल्लेख छ । यसको पालनामा भारतलाई राजी गराउन नेपाली पक्ष सक्षम हुनुपर्छ । यसो गर्न सकियो भने नेपाली चियाको मुख्य बजार गुम्नेछैन । यसबाहेक

