हिमालय दर्शनमा अन्तर्राष्ट्रियस्तरको होटल म्यानेजमेन्ट तालिम

विराटनगर । विराटनगर–९ मा रहेको हिमालय दर्शन कलेजमा होटल म्यानेजमेन्ट अध्ययन गर्दै आएका विद्यार्थीहरूका लागि अन्तर्राष्ट्रियस्तरको दुई दिने होटल म्यानेजमेन्ट तालिम सोमबारदेखि सुरू भएको छ ।

स्वदेश र अन्तर्राष्ट्रियस्तरमा रहेको पाँच तारे होटलमा दुई दशकभन्दा बढी काम गरेर अनुभव हासिल गरेका सिनियर सेफलाई ल्याएर कलेजको ल्याबमा होटल म्यानेजमेन्ट तालिम दिएको हो ।

दुई दिने तालिममा हिमालय दर्शन कलेजमा भर्ना भई होटल म्यानेजमेन्टको पहिलो र तेस्रो सेमिस्टरमा अध्ययन गर्दै आएका ३७ जना विद्यार्थीहरूलाई होटल म्यानेजमेन्टको तालिममा सहभागी गराएको कलेजका प्रमुख भरत सापकोटाले जानकारी दिए । यो तालिम मंगलबारसम्म संचालन हुनेछ । ‘कुनै पनि करिकुलममा रहेर पढाउने हाम्रो पहिलो प्राथामिकता हो । करिकुलमले सबै कुरा समेटन नसक्दा प्राक्टिकल रुपमा नयाँ कुरा पनि दिनुपर्ने हुन्छ । त्यही भएर अन्तर्राष्ट्रिय स्तरमा २५ वर्ष भन्दा बढी स्वदेश र विदेशको पाँच तारे होटलमा काम गरेका सिनियर सेफलाई बोलाएर विद्यार्थीहरूलाई तालिममा सहभागी गराएका हौं,’ कलेजका निर्देशक भेषराज पोखरेलले भने, ‘यो तालिम भनेको विद्यार्थीहरूको लागि अतिरिक्त ज्ञान हो ।’ उनीहरूले पढाइका क्रममा सिकेको ज्ञान व्यवहारमा उतार्नेछन् ।

दुई दिनसम्म काठमाण्डौंस्थित अकामा चार तारे होटलका एकजुकेटिभ सेफ राजकुमार अधिकारीले विद्यार्थीहरूलाई होटल म्यानेजमेन्ट सम्बन्धी तालिमको सहजीकरण गरेका छन् । दुई वर्ष अगाडिदेखि हिमालय दर्शनमा पढाइ सुरू भएको होटल म्यानेजमेन्टको चार वर्षको कोर्ष पढाइ हुने गरेको छ ।

सोमबार, १८ असोज, २०७८, साँझको ०५:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर