लोड हुँदैछ...

मेनु

अपाङ्गता मैत्री संरचना नबने आन्दोलन

अपाङ्गता मैत्री संरचना नबने आन्दोलन

विराटनगर । सरकारी निकायले प्रदेश १ मा बनाउने सार्वजानिक संरचनाहरू अपाङगता मैत्री भवन निर्माण नगरे आन्दोलनमा उत्रिने राष्ट्रिय अपाङ महासंघले चेतावनी दिएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ ले विराटनगरमा शनिबार आयोजित कार्यक्रममा महासंघले एक वर्ष भित्रमा नयाँ बन्ने सार्वजनिक संरचना बनेका संरचनाहरू अपाङ्गता मैत्री नभए आन्दोलनमा उत्रिने चेतवनी दिएका हुन् ।

सार्वजनिक संरचनाहरू अपाङ्गगता मैत्री नभए प्रदेशभरका अपाङ्गता भएका व्यक्तिहरू हथौडा लिएर आन्दोलनमा उत्रिने उनीहरूले बताए । कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ महासंघ प्रदेश १ का कार्यक्रम अधिकृत बिमल बस्नेतले अपाङ्गता भएका व्यक्तिलाई सहज रूपमा सेवा लिन सार्वजनिक भवनहरू अपाङ्गतामैत्री निर्माण हुनुपर्ने बताए । ‘सार्वजानिक संरचनाहरू बनाउँदा कानुनी रूपमा अपाङ्गता मैत्री भवन निर्माण गरिनुपर्ने व्यवस्था गरिएको छ,’ उनले भने, ‘अहिले पनि कतिपय सरकारी कार्यालयहरू अपाङ्गतामैत्री छैनन् । जसले गर्दा अपाङ्गता भएका व्यक्तिले सेवा प्रभावमा सास्ती पाउने गरेका छन् ।’ अब नयाँ बन्ने संरचनाहरू र बनेका भवनहरू अपाङ्गतामैत्री नबने अपाङ्गता भएका व्यक्तिहरू हथौडी बोकेर आन्दोलनमा होमिने उनले चेतवनी दिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ महासंघ प्रदेश १ का अध्यक्ष पार्वता श्रेष्ठले राज्यलाई ध्यानआकर्षण गराउँदा पनि अपाङ्गतामैत्री भवन निर्माण हुन नसक्नु दुःखद भएको बताइन् । अपाङ्गतामैत्री भवन निर्माण नहँुदा विद्यार्थीहरू समेत शिक्षाबाट वञ्चित हुनुपरेको उनले बताइन् । ‘त्यही भएर राज्यले बनाउने सार्वजनिक भवनहरू अपाङ्गतामैत्री हुनुपर्ने हाम्रो माग हो,’ उनले भनिन् । प्रदेशभरीमा ९६ हजार अपाङ्गताहरु रहेको उनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।