युवाहरुको अगुवाईमा कानेपोखरीमा सरसफाइ

कानेपोखरी । युवाहरूको सक्रियतामा कानेपोखरी गाउँपालिका–६, शिवालय टोलस्थित मन्दिर डाँडा (त्रिपुरेश्वर महादेव मन्दिर)को आसपास क्षेत्रमा सरसफाई गरिएको छ ।

वार्ड नं. ६ शिवालय टोल, हनुमान चोकलगायतका युवाहरूको संयुक्त प्रयासबाट मन्दिर डाँडादेखि शनिश्चरेतर्फ जाने बाटोको छेउछाउ र दहि खोला पश्चिम रहेको अनावश्यक झाँडी फाँडेर सफा गरिएको हो ।

साथै, अब केही दिनमै डाँडामा रहेको केही रूखहरुमा रंगरोगन कार्य गरिने सो सरसफाइ कार्यक्रमका नेतृत्वकर्ता सुमन लिम्बुले बताए । उनले सो क्षेत्रलाई सफा र सुन्दर बनाउन तत्कालिन योजना र पर्यटकीय हिसाबले दीर्घकालिन योजना ल्याउने सुनाए ।

सो क्षेत्र सांस्कृतिक, पर्यटकीय हिसावले पनि सम्भावना बोकेको ठाउँ हो । हरेक वर्ष विभिन्न अवसरमा लाग्ने सांस्कृतिक मेला, पूजाआजा लगायतका समयमा मानिसहरुको निकै घुइँचो लाग्ने गर्दछ ।

बिहिबार, २७ जेठ, २०७८, रातीको ०८:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर