पाँचथर । पाँचथर कोरानो भाइरसका कारण बिहीबार जिल्लामा दुई जाना पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा होम आइसोलेसनमा रहेका फिदिम नगरपालिका २ का ३० वर्षीय एक पुरुष र फिदिम–४ जोरसालका एक पुरुषको मृत्यु भएको हो । जोरसालका पुरुषको श्वासप्रसासमा समस्या आएपछि उपचारका लागि झापा लैजाने क्रममा बाटोमै मृत्यु भएको कोभिड फोकल पर्सन तेजबहादुर तुम्बापुले बताए ।
यसैबीच बिहीबार मात्रै जिल्लामा ३७ जना नयाँ संक्रमित थप भएका छन् । योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या एक हजार तीन सय ७४ पुगेको छ । हालसम्म ९२ जना निको भएर घर फर्किएका छन् ।

