विराटनगर । नेकपा माओवादी केन्द्रका युवा नेता जीवन आचार्यले विपक्षी गठबन्धनको तर्फबाट जनतालाई विश्वास र भरोसा दिलाउन स्वेतपत्र जारी गर्नुपर्ने सुझाव दिएका छन् ।
सामाजिक संजाल फेसबुकमा आज उनले सुझाव पेश गर्दै विपक्षीको तर्फबाट ‘हामीबाट आगामि दिनमा गल्ती हुनेछैन भनेर जनतासँग प्रतीज्ञा’ गर्नुपर्नेमा जोड दिएका छन् ।
‘जनतालाई विश्वास र भरोसा दिलाउन एउटा ‘स्वेतपत्र’ जारी गरौं, हामी भोलि त्यो पालना गर्छौं, हामीबाट गल्ती हुनेछैन भनेर जनतासँग प्रतीज्ञा गरौं,’ उनले लेखेका छन्, ‘तत्कालका लागि सूचना–प्रविधिमार्फत् आन्दोलन र कोभिडको प्रकोप न्यूनीकरणसँगै बृहत् सडक आन्दोलनको तयारी गरौं। अन्यथा समय घर्किएसँगै मुलुक नै नरहने खतरा छ।’
अहिलेको शासकको यस्तै प्रवृत्ती रहिरहने हो भने अघिल्लो पिँढीको आन्दोलन र संघर्ष कै कारण मुलूकले प्राप्त गरेको उपलब्धि गुम्नसक्ने तर्फ पनि सबैलाई सचेत गराएका छन् । नेता आचार्यले आरामले सबै हेरेर बस्ने छुट नभएको भन्दै बेलैमा सोचेर आ–आफ्ना ठॉऊबाट तयारी गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले फेसबुकमा लेखेको स्टाटसको पूर्ण पाठ
साथीहरू !
यी र यस्तै मान्छे रहिरहे ‘बाँकी यही देश छ, यही बेच्ने हो’ भन्ने दिन टाढा छैन त्यसपछि केही पालितपोषित अन्धभक्तहरूले थपडी मार्दै, ‘ठीक हो महाराज, जोसँग जे छ त्यही बेच्ने त हो नि’ भन्दै रमाउनेछन्।
विपक्षी गठबन्धनलाई मेरो सुझाव….. ।
जनतालाई विश्वास र भरोसा दिलाउन एउटा “स्वेतपत्र” जारी गरौं, हामी भोलि त्यो पालना गर्छौं, हामीबाट गल्ती हुनेछैन भनेर जनतासँग प्रतीज्ञा गरौं। तत्कालका लागि सूचना–प्रविधिमार्फत् आन्दोलन र कोभिडको प्रकोप न्यूनीकरणसँगै बृहत् सडक आन्दोलनको तयारी गरौं। अन्यथा समय घर्किएसँगै मुलुक नै नरहने खतरा छ।
यो देशलाई माया गर्ने तमाम देशभक्तहरू सचेत हुने बेला आएको छ। आज देशको परिस्थिति सामान्य छैन। कसैलाई व्यक्तिगत रुपमा कोही नेता मन नपर्न सक्छ। तर यहाँ अब मुलुकको सवाल छ। नेताका लागि होइन, आउने पिँढी र देशको स्वाधीनताका लागि फेरि एउटा आन्दोलन आवश्यक छ। त्यसका लागि कुण्ठा होइन, हिम्मत गरौं।
अघिल्लो पिँढीको आन्दोलन र संघर्ष कै कारण मुलुकले आजको उपलब्धि प्राप्त गरेको हो, हामीले नयाँ पिँढीलाई यि सबै उपलब्धिको रक्षा गरि जिम्मा लाउने कि नलाउने ? हामीलाई आरामले सबै हेरेर बस्ने छुट छैन, बेलैमा सोचौं र आ–आफ्ना ठाऊँबाट तयारी गरौं । धन्यवाद !

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।