नोबेल अस्पताल विराटनगगरमा कोरोना संक्रमितको मृत्यु

विराटनगर । कोरोना संक्रमणको दोस्रो लहर तीब्र गतिमा फैलिरहेको विराटनगरमा आइतबार राती एक जनाको संक्रमणकै कारण मृत्यु भएको छ ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार मृतकमा छाती दुख्ने र ज्वरो आउने समस्या थियो ।

विराटनगर महानगरपालिका–२ घर भएका उनलाई कोरोना पुष्टि भएपछि आइतबार नै उपचारका लागि नोबेल अस्पतालले आइसोलेसन भर्ना गरेको थियो ।

दाहालका अनुसार बन्द भएको आइसोलेसन पुनः सञ्चालन गरेकै दिन उनको मृत्यु भएको हो । नोबेलको आइसोलेसनमा अन्य पाँच जना संक्रमित भर्ना भएका छन् ।

सोमबार, १३ बैशाख, २०७८, बिहानको १०:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर