समाजिक विकास मन्त्रालयद्वारा पोखरेललाई अवैतनिक प्रमुख सल्लाहकारमा नियुक्त

विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्रालयले प्रमुख सल्लाहकारमा विराटनगर–१ मोरङका तुलसी प्रसाद पोखरेललाई नियुक्त गरेको छ ।

मन्त्रालयले गरेको वैशाख ५ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार वैशाख ९ गतेदेखि लागू हुने गरी पोखरेललाई अवैतनिक प्रमुख सल्लाहकारमा नियुक्त गरेको हो । ‘प्रदेश सरकार, सामाजिक किवास मन्त्रालयका माननीय मन्त्री श्री उषाकला राईज्यूको कार्यसम्पादनमा सहजीकरण, सल्लाह र सुझाव प्रदान गर्नका लागि तपाईलाई मा.मन्त्रीज्यूको अवैतनिक प्रमुख सल्लाहकार नियुक्त गरिएको व्यहोरो प्रदेश सरकार (मा.मन्त्रीस्तर)को मिति २०७८/०१/०५ गतेको निर्णयानुसार अनुरोध छ,’ पोखरेललाई नियुक्त गरेको पत्रमा उल्लेख छ ।

पोखरेल विराटनगरका घरजग्गा व्यवसायी तथा उद्योगी हुन् । उनी होटल स्टर्न स्टारका अध्यक्ष, इडेन स्कुलका अध्यक्ष, एम्स कलेजका अध्यक्ष, खार्पा डेभलपमेन्ट कम्पनीका मेनेजिङ डारेक्टर तथा खोटाङ सामाजिक सेवा मञ्चका सल्लाहकार र घर जग्गा व्यवसायी संघका सल्लाहकारसमेत हुन् । पोखरेललाई राज्यको कुनै पनि सेवा सुविधा नलिने गरी नियुक्त गरिएको हो ।

आइतबार, १२ बैशाख, २०७८, रातीको ०९:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर