जे गर्नुपर्ने छ, त्यो युवाले गर्ने हो

 विमल लामिछाने

युवाशक्ति राजनीतिक परिदृष्यमा बेलाबेला चर्चामा आउने गर्छ । मन्त्रीभइकन पनि योगेश भट्टराई विमान काण्डमा चर्चामा आए । यसअघिको चुनावमा झापा राम कार्कीसँग लडेका काँग्रेस युवा नेता विश्वप्रकाश शर्माले आफैलाई हराएर विजयी बनेका कार्कीलाई माला लगाएर अंकमाल गरेको फोटो भाइरल बनेको थियो ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेका बेला सञ्चारकर्मीको क्यामेराको फ्रेममा एउटा तस्बिर र भिडियो कैद भयो । जुन भिडियो र तस्बिर लामो समय सामाजिक सञ्जालमा ‘भाइरल’बनेको थियो । भिडियो र तस्बिरको दृश्यमा नेपाललाई नेतृ रामकुमारी झाँक्रीले हात समातेर आयोग कार्यालयतर्फ डोर्होयाउँदै गरेकी थिइन् ।
यो पटक नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को राष्ट्रिय भेलामा उमेर हदको विषयले अब्बल स्पेस पायो । वाईसीएलका निवर्तमान अध्यक्ष रामप्रसाद सापकोटा (दिपशिखा)ले ४० वर्षे उमेर हद पार गरेका कारण राष्ट्रिय भेलाबाट विदा लिएपछि नेतृत्व छनौटको विषयले निक्कै तरङ्ग आयो । नेतृत्व हस्तान्तरण र पुर्नगठनमा विवाद भएको भनेर मिडियाले समेत हाइलाईट गर्न भ्याए, स्वाभाविक पनि हो ।

दर्जन बढी युवा नेताहरु उमेर हदको घेरामा परेपछि बढेको समस्यालाई मंसिर ८ वा फागुन १ मा महाधिवेशन गर्नेगरी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने, सुमन देवकोटा संयोजक र सुबोध शेर्पालीलाई सहसंयोजक बनाउने उनको प्रस्ताव थियो । सो प्रचण्डको प्रस्ताव वाईसीएलले पास गरेको छ । जुझारु र परिवर्तनका पक्षधर भनिएकाहरुको युवा संस्था वाईसीएलको यो नेतृत्व कति सक्षम होला हेर्न बाँकी नै छ । तर, उमेर हदले स्पेस पाएको विषय भने मननयोग्य छ ।

आजसम्मको इतिहासमा अपवादबाहेक सबै ठूला परिवर्तन युवाले नै गरेका छन् । वैज्ञानिकहरुले मानिस ३५ वा ४० वर्ष नाघेपछि मौलिक चिन्तन गर्नै सक्दैन, आफूलाई दोर्होयाएर बस्छ, भनेका छन् । हुन त संसारका सबैभन्दा ठूलो मान्छे, यसै देशमा जन्मिएका गौतम बुद्धले जुन आत्मज्ञान प्राप्त गरे, सिद्धार्थबाट उनको नाम बुद्ध भयो । उनले २९ वर्षको उमेरमा घर छोडेर निस्केका थिए । त्यसको ५ वर्षमा उनलाई ज्ञान प्राप्त भएको थियो भनिएको छ ।

आधुनिक कालको १८४६ मा ‘थेसिस अफफायरबाख’ लेख्दा कार्ल माक्र्सको उमेर २८ वर्ष थियो । १८४८ मा कम्युनिष्ट घोषणा पत्र लेख्दा माक्र्स ३० वर्ष र एंगेल्स २८ वर्षका थिए । लेनिनको जीवनको सबैभन्दा प्रभावशाली पुस्तक ‘ह्वाट इज टू बी डन ?’ लाई मानिन्छ । जहाँ उनले जनवादी केन्द्रीयताको सिद्धान्त प्रतिपादन गरे, त्यति बेला उनी ३५ वर्षका थिए । ‘ह्वेर टू बीगीन?’ लेख्दा त उनी ३१ वर्षका थिए भनिएको छ । रोजा लक्जम्बर्ग लेनिनभन्दा एक वर्ष कान्छी थिइन् । माक्र्सवादका कट्टर विरोधिले पनि लेनीनको समयलाई माक्र्सवादको स्वर्णीम युग थियो भनेर लेखेका छन् ।

नेपालको पहिलो जननिर्वाचित प्रधानमनत्री वीपी कोइरालाले २००७ सालको क्रान्तिको नेतृत्व गर्दा ३२ वर्षका थिए । पुष्पलाल उनीभन्दा पनि कान्छो हुन् । कृष्णप्रसाद भट्टराई किसुनजी २००७ सालको क्रान्तिपछि सल्लाहकार सभाको सभामुखमा नियुक्त हुँदा उमेर नै पुगेको छैन भनेर मुद्दा चल्यो । यो कुनै दन्त्यकथाको कुरा होइन, इतिहासको कठोर वास्तविकता हो । चर्चा युवाकै हुने हो, मुलुक परिवर्तनको जिम्मा युवाको काँधमा हुन्छ । जे गर्नुपर्ने छ, त्यो युवाले गर्ने हो ।

बुधबार, २० असोज, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर