सित्तैमा घुम्न पाइने भएपछि जापान गएँ

केही समयअगाडि मलाई मेरो छिमेकी रतुवामाई नगरपालिका स्थायी घर भएका मेरो पुरानो साथी गोपाल भन्ने योगराज गौतमले मलाई फोन गरी जापानमा एउटा राम्रो कार्यक्रम आयोजना हुँदैछ, आयोजककै खर्चमा जाने गरी पठाइदिन्छु भनेकाले म यसभन्दा अगाडि पनि वर्ल्ड युथ फेडेरेसनको आयोजनामा दक्षिण अफ्रिकाको जोहनेसवर्गमा भएको विश्व युवा सम्मेलनमा भाग लिई सकेको छु यस्तै गरी वल्र्ड पिस काउन्सिलको आयोजनामा फिलिपिन्स, श्रीलंका समेतमा भएको कार्यक्रममा भाग लिइसकेको छु । त्यस्तै गरी इन्टरनेशनल डेमोक्रेटिक लयर्स एशोसिएसनको आयोजनमा बेल्जियमको राजधानी व्रसेल्समा भएको सम्मेलन तथा अमेरिकाको लसभेगासमा लायन्स इनटरनेशनलको कार्यक्रममा समेत भाग लिइसकेको छु ।

लायन्स इनटरनेशनलको कार्यक्रममा बाहेक अन्य कार्यक्रमहरूमा भाग लिन जाँदा आयोजकले नै सबै खर्च बेहोरेका हुँदा जापानमा हुने भनिएको कार्यक्रममा समेत मलाई आयोजकले नै सबै खर्च बेहोर्ने भनी गोपाल भन्ने योगराज गौतमले मलाई भनेकाले म सोही अनुसार जापानमा गएको हुँदा मैले आयोजक कै खर्चमा जाने हो भने हुन्छ भनेको थिएँ । सो कुराकानी भएको केही दिन पछि निज योगराज गौतमले मेरो राहदानी मागेकाले मैले मेरो राहदानी निजलाई दिएको थिएँ । निजले राहदानी लगे पछि को कसलाई दिए र मेरो राहदानीमा जापानको भिसा लागेको भन्ने कुरा मलाई थाहा भएन ।केही समय अगाडि मलाई मेरो छिमेकी रतुवामाई नगरपलालिका स्थायी घर भएका मेरो पुरानो साथी गोपाल भन्ने योगराज गौतमले मलाई फोन गरी जापानमा एउटा राम्रो कार्यक्रम आयोजना हुँदै छ आयोजककै खर्चमा जाने गरी पठाई दिन्छु भनेकाले म यस भन्दा अगाडि पनि
World Youth Federation को आयोजनामा दक्षिण अफ्रिकाको जोहनेसवर्गमा भएको विश्व युवा सम्मेलनमा भाग लिई सकेको छु यस्तै गरी
World Peace Counsil को आयोजनामा फिलिपिन्स, श्रीलंका समेतमा भएको कार्यक्रममा भाग लिई सकेको छु । त्यस्तै गरी
Internation Democretic Lawers Assiciation को आयोजनमा बेल्जियमको राजधानी व्रसेल्समा भएको सम्मेलन तथा अमेरिकाको लसभेगासमा लायन्स इनटरनेशनलको कार्यक्रममा समेत भाग लिई सकेको छु ।

मिति २०८१-०७-१० गते मलाई योगराज गौतमले फोन गरी तपाईँको जापानको फ्लाइट भोलि राति २१;०० बजेको समयमा छ टिकेट मैले हिजो नै ह्वाट्सएमबाट पठाई दिएको छु भनी खबर गरेकाले मैले निजलाई कार्यक्रम सम्बन्धी सम्पूर्ण कागजातहरू पठाई दिनु भन्दा निज हुन्छ, हुन्छ भन्दै आलटाल गरी बसे तर पठाएनन् । मिति २०८१-०७-११ गते अं. १७ः०० बजेको समयमा मेरो भिसा लागेको राहदानी, प्लेनको टिकेट र कार्यक्रमको सम्पूर्ण कागजातहरू समेत मलाई योगराज गौतमसँग आएका महेश पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ टर्मिनल भवनको बाहिर रहेको कान्तिपुर क्याफेमा भेट गरी दिएका हुन् ।
सोही समयमा मात्र मैले महेश पाण्डे भन्ने व्यक्तिलाई देखेको र भेटेको हुँ । सोही वेलामा मेरो अङ्गरक्षकलाई खिच्न लगाएको थिएँ सो फोटो पनि मैले प्रहरीलाई तत्कालै पठाई सकेको छु । निज महेश पाण्डेले मलाई सबै कागजातहरू यसैमा छ हेर्नु भनी दिए पछि मैले ती कागजातहरू आफ्नो झोलामा राखी अन्तर्राष्ट्रिय विमानस्थलभित्र प्रवेश गरी जापानको लागि क्याथे पेसीफिक विमानबाट जापानतर्फ प्रस्थान गरेको हुँ ।

जापानको लागि फ्लाइटबाट हिँडेपछि हङकङमा ट्रान्जिट परेकोले म सोही ट्रान्जिटमा बसिरहेको समयमा मलाई हाल पक्राउ परेका कन्चन देवकोटा, जनक राई र दावा शेर्पा समेत मलाई भेटन आई हामीहरु समेत हजुरसँगै सोही कार्यक्रममा जानको लागि हिँडेको हो भनेपछि मलाई शङ्का लागि हङकङबाट जापानको लागि हिँडेपछि नारिता विमानस्थलमा झरी इमिग्रेसनमा लाइनमा बसिरहेको अवस्थामा कन्चन देवकोटा, जनक राई र दावा शेर्पा समेतले हामीहरूलाई समेत सँगै लानु भन्दा मैले निजहरूलाई म तपाईँहरूलाई चिन्दिन म एक्लै आएको हुँ भन्दा निजहरूले कसरी चिन्नु हुन्न ? हामी तपाईँकै कर्मचारी हौँ भनी जनक राईले म मन्त्री रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कर्मचारी परिचय पत्र समेत देखाए पछि मैले सोही परिचय पत्र तत्कालै आफ्नो हातको हत्केलामा राखी मोबाइलबाट फोटो खिचे पछि प्रस्ट रूपमा थाहा भयो कि मलाई निमित्त कार्यालय प्रमुखको रूपमा उल्लेख गरी किर्ते परिचय पत्र बनाएको देखिएबाट यिनीहरूले मेरो सही छाप किर्ते गरी म तत्काल कार्यरत रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नक्कली कार्ड प्रयोग गरेका रहेछन् ।

मेरो मन्त्रालयको मेरो सही छाप समेत किर्ते गरी परिचय पत्र समेत बनाएको थाहा पाएपछि यस सम्बन्धी सम्पूर्ण सूचनाहरू जापानको नारिता विमानस्थलबाटै कोशी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक राजन अधिकारीलाई ह्वाट्सएप मार्फत मेरो सही छाप किर्ते गरी बनाएको कर्मचारी परिचय पत्रको फोटो, कार्यक्रमको सम्पूर्ण कागजातहरू अपराध अनुसन्धानका लागि मैले पठाएको हुँ र म नारिता विमानस्थलबाटै मलाई फिर्ता गरिदिनु म कार्यक्रममा जान्न भनी फिर्ता आएको हुँ । यसरी मानव तस्कर तथा किर्ते सम्वन्धी अपराधबारे मौकामै आफूलाई थाहा हुने बित्तिकै प्रहरीलाई सूचना गर्ने व्यक्ति म हुँ । म यस अपराध घटनाको पीडित र अपराधको पहिलो सूचक समेत भएको हुँदा म अपराधमा संलग्न व्यक्ति होइन । मसँग हङकङमा भेट भएका कन्चन देवकोटा, जनक राई र दावा शेर्पालाई मेरै सूचनाको आधारमा प्रहरीले पक्राउ गरी अनुसन्धानसमेत भइरहेको छ ।

मेरो हैसियत भनेको अपराधको सूचना दिने सरकारी गवाह हो मेरो र मेरो मन्त्रालयको सही छाप र परिचय पत्र किर्ते गरी बनाएको हुँदा म आफैँ पीडित हुँ दोषी माथि कारबाही गरी मैले न्याय पाउँ । जनक राई र कन्चन देवकोटाको नाममा कोशी प्रदेश सरकार लेखिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय विराटनगर लेखिएको कर्मचारी परिचय पत्रको डिजिटल कार्डहरू म सोही मन्त्रालयको मन्त्री भएको हुँदा ती कार्डहरू किर्ते गरी बनाएका नक्कली कार्डहरू हुन । जनक राई र कन्चन देवकोटा कोशी प्रदेश सरकार लेखिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय विराटनगरका कर्मचारीहरू होइनन् । निजहरूको नाममा वनेको कर्मचारी परिचय पत्रको डिजिटल कार्डमा मेरो नाम लेखि सही समेत गरेको सही छाप मेरो होइन । मेरो सही छाप समेत किर्ते गरेको हो । जापानमा हुने कार्यक्रममा सहभागी हुनको लागि म नेपालबाट उड्नु भन्दा केही समय अगाडि मात्र महेश पाण्डेले मलाई मेरो भिसा लागेको राहदानी, प्लेनको टिकेट र कार्यक्रमको कागजातहरू दिएकाले मैले सबै कागजातहरू हेर्न भ्याएको थिएन ।

के कसरी, को कसले कन्चन देवकोटाको नाममा एउटै होटल बुक को कसले गरेका हुन् मलाई थाहा भएन म नेपालबाट जापानमा हुने कार्यक्रममा भाग लिन जाँदा एक्लै गएको र सो कार्यक्रममा म जानु भन्दा अगाडि कन्चन देवकोटा समेतका प्रतिवादीहरु म सँग नै जापानमा जाँदैछन् भन्ने कुराको जानकारी मलाई थिएन । कन्चन देवकोटा, जनक राई र दावा शेर्पालाई मैले हङकङमा मात्र भेटेको हुँदा निजहरूलाई म चिन्दिन । निजहरूलाई को कसले के कति रकम लिई जापानमा पठाएका हुन मलाई थाहा भएन । निजहरूबाट मैले कुनै पनि रकम लिएको छैन । जापानमा हुने
International conference on open access to Culture 2024 को ७ दिनको कार्यक्रममा सहभागी गराउने आयोजकहरू को हुन मलाई थाहा भएन । आयोजकसँग मेरो सम्पर्क चिनजान समेत छैन । गोपाल भन्ने योगराज गौतम मेरो छिमेकी नगरपालिकाका स्थानीय बासिन्दा र मेरो पुरानो साथी भएकाले राम्रोसँग चिन्दछु ।महेश पाण्डेलाई मैले मिति २०८१-०७-११ गते मात्र भेटेको हुँ । कन्चन देवकोटा, जनक राई र दावा शेर्पालाई म चिन्दिन । निजहरूलाई को कसले जापान पठाएका हुन मलाई थाहा छैन । मलाई जापानमा कार्यक्रम हुँदैछ आयोजकले खर्च बेहोर्छन् जाने ? भनी मलाई योगराज गौतमले सोधेकाले मैले हुन्छ भनेपछि निजले मेरो राहदानी समेत लगी को कसलाई भनी भिसा लगाएका हुन मलाई थाहा भएन । म जापान उड्ने दिनमा मात्र मलाई महेश पाण्डे भन्ने व्यक्तिले भिसा लागेको राहदानी समेतका कागजातहरू दिएको भन्ने कुरा मैले माथि नै बयानको क्रममा खुलाई लेखाई सकेको छु । मैले कन्चन देवकोटा, दावा शेर्पा, जनक राईलाई चिन्दिनँ ।

निजहरूलाई को कसले जापान पठाएका हुन् मलाई थाहा भएन । म हङकङको ट्रान्जिटमा रहेको अवस्थामा निजहरूले मलाई नमस्कार भन्दै आए मलाई कसरी चिन्नु भयो ? भनी सोध्दा निजहरूले हामीहरूलाई कसैले फोटो पठाएको थियो सोही फोटो मार्फत चिनेका हौँ भनेकाले निजहरूसँग मेरो हङकङमा भेटघाट हुनु एक संयोग मात्र हो । निजहरूसँग मेरो सो भन्दा अगाडि चिनजान, सम्पर्क, भेटघाट केही थिएन र छैन । निजहरूले साथमा बोकेको कर्मचारी परिचय पत्र नक्कली भन्ने कुरा मैले थाहा पाउने बित्तिकै यिनीहरूले मलाई नियोजित ढंगले प्रयोग गरेको कुरा थाहा पाउना साथ तत्कालै मैले आफू जापानको कार्यक्रममा भाग लिन जान्न भनी नारिता बिमानस्थलबाटै फिर्ता भई किर्ते गरी परिचय पत्र बनाइ तस्करी भएको सम्बन्धमा मैले तत्कालै प्रहरीलाई जानकारी गराई अपराधमा संलग्न मानिसहरूलाई पक्राउ गर्न सहयोग गरेको हुँ ।

बरामदी मुचुल्कामा उल्लेख गरिएको बरामदी सामानहरू लिलाबल्लभ अधिकारीको नाममा जारी भएको ०८५८…. र ५२०…. नम्बरको नेपाली राहदानी थान २, आएमइआइ नं. ३५०४११…… र ३५०५५९८७२…… भएको ९८५२०८८८८८ र ९८१७३८८८८८ नम्बरको सिम प्रयोग गरिएको सामसुङको ग्यालेक्सी एस २३ मोवाइल फोन थान १ र लिला बल्लभ अधिकारीको नाममा जारी भएको नेपाली नागरिकताको छाँया प्रति थान १ मेरो घर कोठाबाट बरामद भएका मेरो नामको राहदानी, नागरिकता र मैले प्रयोग गर्ने मोबाइलहरू हुन् ।
(मानव तस्करी प्रकरणमा पक्राउ परेका कोशीका पूर्वमन्त्री अधिकारीले सरकारी वकिल कार्यालयमा दिएको बयान)

बुधबार, १२ मंसिर, २०८१, बिहानको १०:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर