गणेश लम्साल
कोभिड १९ संक्रमणसँगै सबैले भन्न थालेका छन्, ‘फ्रन्टलाइनमा खटिनेहरुलाई हिरो मानांै र सम्मान गरौ ।’ तर, व्यवहारमा भने हामीले भनाइ र गराइमा फरक गरिरहेका छौं । पहिले धेरै नकारात्मक भएर प्रस्तुत भएका हामीहरु ढिलै भएपनि चेत जागेपछि थोरै सकारात्मक हुन त थालेका छौं । तर, जति हुनुपर्ने गर्न हुन सकेका छैनौं ।
अरुलाई पर्दा शुन्य सहनशिलता अपनाउनुपर्छ भनेर नथाक्ने हामी आफूलाई पर्दा भने सयमा सय समस्यलाई हजार प्रतिशत ठान्नेहरु धेरै छौं । भनाइमा हामी शिक्षित भनेर पनि व्यहारमा हामी समाजको सर्बोत्तम हितबाट पन्छिने गरेका छौं । देखावटी रुपमा त हामी धेरै प्रचार गर्न तयार हुन्छौं । तर, जब जोखिमसँग जुध्नुपर्ने हुन्छ, हामी हच्किने गरेका छौं ।
सन्दर्भ फ्रन्टनाइरहरुकै बारेमा हो । कोभिड मारामारीमा खटिने फ्रन्टलाइनरहरु चिकित्सक, स्वाथ्यकर्मी, प्रहरी, कर्मचारी, पत्रकारहरु निरन्तर सक्रिय छन् । तर, तिमध्ये स्वास्थ्य क्षेत्रका स्वास्थ्यकर्मी (नर्स र प्राविधिकहरु) धेरे नै सक्रिय मात्र छैनन्, उच्च जोखिममा पनि छन् । अझै उनीहरुले सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता पाइसकेका छैनन् । तर, पनि उनीहरु निरन्तर महिनौदेखि आफ्नो जिम्मेवारीमा अहोरात्र खटिरहेका छन् । सरकारीको तुलनमा निजी क्षेत्रका स्वास्थ्यकर्मीहरु त झन् धेरे जोखिमा छन् । कतिले रोजगारी नै गुमाएका छन् भने कतिले जोखिम सहेर पनि सेवा गरिरहेका छन् ।
कुनैपनि महामारीमा स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुन्छ । उनीहरुको अभावमा समाजमा रोकथाम नियन्त्रण असंभव हुन्छ । तर, जसले आफ्नो परिवारको ज्यानको पर्वाह नगरी हाम्रो ज्यान जोगाइरहेका छन् । उनीहरुलाई हामीले कति धेरै सकारत्मक धारणा बनाइरहेका छौं त ? अझै पनि नर्स र प्राविधिकहरु उपेक्षमा छन् । समाजमा उचित सम्मान पाइरहेका छैनन् । काम गर्ने संस्थाहरुबाट शोषण परिरहेका छन् । कोभिड उपचारमा सबैको धेरै भूमिका महत्वपूर्ण छ । तर, फ्रन्टलाइनरहरुको धेरै । त्यसमा पनि नर्स र प्राबिधिकहरुको धेरै । किनभने, संक्रमित भएका विरामीहरुको प्रत्यक्ष रेखदेखमा खटिनुपर्नै नर्सहरुले नै हो र स्वाब संकलन तथा परीक्षण गर्ने प्राबिधिकहरुले हो ।
समाचारहरुमा आइरहेको छ, बेलायत, क्यानडा र अमेरिका जस्ता देशहरुमा नर्सहरुलाई सुरुमा धेरै हेला गरियो । अझै नेपालबाट सेवा गर्न पुगेका नर्स र प्राविधिहरुलाई घृणा पनि गरियो । किनभने उनीहरुले कोरोना नेपालको छिमेकी एसियाको चीनबाट संक्रमण भएको भ्रम पालेर पूर्वाग्रह साँधेका थिए । तर, विस्तारै समाजले स्वास्थ्यकर्मीको महत्वलाई बुझ्यो र भ्रमलाई त्याग गर्दैलग्यो । हैन हामी गलत रहेछौं, स्वास्ग्थयकर्मी त हाम्रै लागि पो हुँदारहेछन् भन्ने बोध गरे ।
भुक्तभोगीहरुले सामाजिक सञ्जाल र भर्चुअल अन्तक्र्रियताहरुमा जानकारी गराएअनुसार अहिले अमेरिकालगायतका मुलुकहरुमा नर्स तथा प्राविधिकहरुलाई उच्च सम्मान गरिन्छ । सार्वजनिक स्थानमा उनीहरुको हौसला बढाउँन पोष्टरहरु टाँग्ने गरिएको छ । समाजमा उनीहरुलाई हरेक कार्यमा प्रोत्साहन गर्न थालिएको छ । जसले गर्दा उनीहरुमा मानवीय सेवामा लागिपर्ने उत्प्रेरणा पनि धेरै बढेको छ ।
तर, हामी अझै जसले हाम्रो लागि जोखिम मोलिरहेका छन्, उनीहरुलाई खुलेर सम्मान गर्न कञ्जुस्याँई गरिरहेका छौं । होला महामारीलाई अवसर मानेर लुट्नेहरु पनि स्वास्थ्य क्षेत्रमा होलान् । तर, लुट्ने र सेवा गर्नेहरुलाई हामीले एउटै डालोमा हाल्नु गल्ती हुन्छ । यसैले हामी पनि किन महामारीका फ्रन्टलाइनरहरुको बारेमा खुलेर नबोल्ने ? उनीहरुको पोष्टर गाउँ, समाजम नाटास्ने ? उनीहरुलाई फुलमालाले स्वागत नगर्ने ? हाम्रो ज्यान बचाउन निरनतर डाइपर र पिपिई लगाएर आफ्नो कष्ट कसैलाई नसुनाई अहोरात्र सेवामा लागिरहेकाहरुको पक्षमा ¥याली किन ननिकाल्ने ?
हाम्रो समाज हामीले बनाउने हो । र, हामी नै हाम्रो समाज बनाउन सक्षम पनि छौं । यसैले हामी पढेर मात्रै शिक्षित कहलाउने भन्दा साँच्चैका फ्रन्टलाइनहरुलाई सम्मान गर्ने अभियान थालौं ।