खानेपानीमा सत्तारुढ गठबन्धनलाई हराउँदै माओवादीको जित

विराटनगर । सुनसरीको इटहरीस्थित पकली खानेपानी उपभोक्ता समितिमा सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा माओवादी केन्द्र समर्थित उम्मेदवार विजयी भएका छन् ।

इटहरी १६, १७ र १८ का स्थानीयलाई खानेपानी वितरण गर्दैै आएको आयोजनाको उपभोक्ता समितिको अध्यक्षमा सत्तारुढ गठबन्धनका उम्मेदवार विष्णुबहादुर श्रेष्ठलाई पराजित गर्दै माओवादीका राजेन्द्र ओझा विजयी भएका हुन् ।

मंगलबार भएको निर्वाचनमा श्रेष्ठलाई ओझाले १५६ मतान्तरले पराजित गरेका छन् । १ हजार ४४५ मतदाता रहेको उपभोक्ता समितिको निर्वाचनमा १ हजार६१ मत खसेको थियो । जसमा ओझाले ४९९ मतसहित जित निकालेका हुन् ।

उपभोक्ता समितिमा ओझाकै प्यानलबाट उपाध्यक्षमा कृष्णबहादुर कार्की, सचिव महेन्द्रप्रसाद चौधरी र कोषाध्यक्षमा भोजराज नेपाल विजयी भएका छन् । नेपाल रााष्ट्रिय स्वतन्त्र पार्टी समर्थित हुन् । उपभोक्ता समितिको सचिवमा पराजित बिष्णुकुमारी खड्का नेकपा एमालेका जिल्ला कमिटी सदस्य एवं वडा नं. १७ बाट निर्वाचित वडा सदस्य हुन् ।

सत्ता गठबन्धनबाट सहसचिवमा बमवहादुर ढकाल मात्र विजयी भए । उनले ओझा प्यानलका केशब आचार्यलाई २२ मतले पराजित गरे ।

उपभोक्ता समितिका सदस्यहरुमा सत्ता गठबन्धनबाट रेखा राई, रामकुमार चौधरी, भक्तबहादुर श्रेष्ठ निर्वाचित भए भने ओझा प्यानलबाट एकमाया परियार, विष्णुकुमारी खड्का र धर्मप्रसाद बञ्जारा विजयी भएका छन् । उपभोक्ता समितिको ११ सदस्यीय कार्यसमितिको मंगलबार भएको निर्वाचनको बुधबार मतगणना भएको हो ।

बुधबार, २६ चैत, २०८१, साँझको ०५:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर