काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहविरुद्ध १८ जना पीडितले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा आज उजुरी दिएका छन् ।
लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाडौँ लगायतका १८ जना पीडितबाट करोडौँ रकम ठगी गरेको उजुरी परेको प्रहरीले जनाइको छ ।
सानु भण्डारी, केशव दुलालले विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनी विभिन्न किसिमका प्रलोभन र विश्वासमा पारेर ठगेको पीडितहरूले बताएका छन् । करिब १ करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगी गरेको भन्दै पीडितहरूले निवेदन दिएका हुन ।