हिक्मत कार्की नेतृत्वको सरकार १ हप्ताभित्रै अल्पमतमा पर्छ : राजेन्द्र राई

विराटनगर । कोशी प्रदेशमा जेठको पहिलो हप्ता भित्रमा नया सरकार बनि सक्ने नेकपा (एकीकृत समाजवादी)का सचिवसमेत रहेका निवर्तमान मुख्यमन्त्री राजेन्द्र कुमार राईले बताएका छन । उनले हिक्मत कार्की नेतृत्वको सरकार एक हप्ताभित्रै अल्पमतमा पर्ने दाबी समेत गरेका छन्।

नेकपा एस मोरङको पार्टी कार्यालयमा विराटनगरमा संचारकर्मीहरूसँग कुराकानी गर्दै नेता राईले केन्द्रीय सत्ता गठबन्धनमा रहेका प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एक हप्ता भित्रमा मन्त्रीहरूले राजीनामा दिने बताए ।

एमाले नेतृत्वको प्रदेश सरकारमा माओवादी र जसपा सरकारमा छन् । केन्द्रीय सता सकिमरण फेरिए पनि प्रदेशमा भने फेरिएको छैन । सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल भइसकेकोले चाँडै निकास दिने आश्वासन दिएका उनले बताए ।

मुख्यमन्त्री को बन्ने विषय समेत केन्द्रले नै टुङ्ग्याउने उनले बताए । ‘सत्ता गठबन्धनका प्रदेशका संसदीय दलका नेताहरूले नेतृत्वलाई भेटेर केन्द्रको निर्णय मान्न तयार छौँ,’ उनले भने, ‘तपाईंहरू चाँडै निर्णय गरी दिनुहोस् भनेर भनेका छौं । संघमा जस्तै प्रदेशमा पनि आलोपालोको सम्भावना हुन सक्छ ।’

सबै प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्नेगरी निर्णय गर्न पनि केन्द्रीय नेताहरूलाई भनेको पनि उनले बताए । एकीकृत समाजवादीले पहिलो चरणमै मुख्यमन्त्री हुनुपर्छ भन्ने अडान नरहे पनि आलोपालो हुने उनको भनाइ थियो।

राप्रपालाई पनि नयाँ सत्ता समीकरणमा ल्याउन पहल भइरहेको समेत उनले खुलाए।

‘केन्द्रको गठबन्धनमा राप्रपा नभए पनि प्रदेशमा ऊसँगको छलफल सकारात्मक नै छ । राप्रपा आउँदैन कि भन्ने अनुमानभन्दा प्रदेशमा फरक छ । राप्रपा नआउँदा पनि सरकार बनाउन बहुमत पुग्ने संख्या हामीसँग छ’, उनले भने ।

९२ सदस्यीय कोशी प्रदेशमा केन्द्रीय सत्ता गठबन्धनअनुसार कांग्रेस २९, माओवादी (सभामुखसहित) १३, नेकपा एकीकृत समाजवादी ४ र जसपाका १ सांसद छन् । सरकार बनाउन भने बहुमत पुग्ने संख्या हो ।

अब बन्ने सरकारले नै नीति कार्यक्रम तथा बजेट ल्याउने समेत उनको भनाइ थियो।

बिहिबार, ३० चैत, २०७९, साँझको ०५:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर