४० मेगावाट विद्युत् भोलि बंगलादेश निर्यात हुने

विराटनगर । भोलि ४० मेगावाट बिजुली बंगलादेश निर्यात गरिने भएको छ । गएको असोज १७ गतेको सम्झौतापछि नेपाल विद्युत् प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्रीका निम्ति पठाएका दुई आयोजनामा भारतले शुक्रबारदेखी निर्यात गरिने भएको हो ।

नेपाल, भारत र बंगलादेशबिच भएको त्रिदेशीय सम्झौता अनुसार जुन १५ देखि नोभेम्बर १५ सम्म नेपालबाट बंगलादेशमा विद्युत् निर्यात हुनेछ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले यसलाई नेपालको विद्युत् व्यापारको लागि कोशेढुङ्गा सावित हुने बताए ।

शुक्रबार दिउँसो बिजुली पठाउन लागिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।

बिहिबार, २९ कार्तिक, २०८१, साँझको ०५:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर