विराटनगर विमानस्थलको रनवेमा केटाकेटी कुदेपछि बिमान अवतरण हुन पाएन

विराटनगर । विराटनगर विमानस्थलमा आज दिउँसो साढे ४ बजेतिर स्थानीय केटाकेटीको एक हुल रनवेमा प्रवेश गरेपछि श्री एयरलाइन्सको बिमान अवतरणका लागि केही बेर होल्ड गर्नुपरेको छ ।

बिमान एयरपोर्टको दक्षिणतिरबाट ७–८ वर्षका केटाकेटी एक्कासी रनवेमा प्रवेश गरेका थिए । विराटनगर बिमानस्थलका निमित्त प्रमुख युवल बरालका अनुसार सोही कारण श्री एयरलाइन्सको जहाज अवतरणका लागि ४ मिनेट जति होल्ड गर्नुपरेको थियो ।

‘बिमान अवतरण हुनै लाग्दा बच्छा छिरेको देखियो, अनि केही समय बिमान आकाशमै घुम्नु परेको हो,’ बरालले भने, ‘दिउँसो साढे ४ बजेतिरको समयमा फेन्सिङ साइडबाट ३–४ जना केटाकेटी छिरेछन् । उनीहरु स्थानीय हुन् । उनीहरुलाई नियन्त्रणमा लिएपछि जहाँज आयो फेरि उडेर गयो । केही भएन । ठूलो केही भएको होइन ।’ उनीहरुलाई सम्झाइबुझाई गरेर अभिभावकको जिम्मा लगाइएको उनले जानकारी दिए ।

शनिबार, ०६ फागुन, २०७९, रातीको ०८:५७ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर