लीलावल्लभ घिमिरे
केही दिन यता म निकै तनावमा छु । पछिल्लो समय मेरा आखाले जे दृष्यहरु देखिरहेको छ । त्यो सत्य हो कि हैन भने छुट्याउन समेत निकै कठिन परिरहेको छ । विराटनगर टोल, गल्ली र चोकहरु यति बेला निकै गुञ्जयमान भएका छन् । पालो–पालो भोट माग्न आउनेहरुको लर्को देख्दा लाग्छ त्यो बेला केपी बाले घोषणा गरेको मध्यवाधी निर्वाचन नै पो हुन लागेको हो कि क्या हो भनेर । स्थानीय पत्रपत्रिका, अनलाइन र सामाजिक सञ्जाल पुरै कांग्रेसमय छ । बिहान चोकमा चिया खाना जाँदा होस् कि बजारमा समान किन्न जाँदा होस् जो सँग ठोकिएपनि उम्मेदवार महोदय नै पर्नुहुन्छ । पेशेवर राजनीति गर्ने मात्र हैन पत्रकार, व्यापारी, शिक्षक, प्राध्यापक, विद्यार्थी, वकिलदेखि सेवा निवृत भएका महानुभावहरु सबै यति बेला चुनावी मैदानमा हुनुहुन्छ । सबै मान्यवरहरुलाई अग्रिम शुभकामना छ ।
मेरो जन्मघर धनकुटा । त्यतातिर अलिकम कांग्रेस देख्न पाइन्थ्यो । त्यतातिरका पुराना कांग्रेसीहरु भन्थे हामी यहाँ पो कम छौं त विराटनगर झरेपछि जताजतै कांग्रेसै कांग्रेस । लाग्थ्यो होला नि कांग्रेसका जन्मदाता नै विराटनगरका मुलका वरीपरि पानी बढी हुनु कुनै नौलो कुरा त भएन । अहिले त्यही धनकुटाको कुरा सम्झिरहेको छु । जता हे¥यो उतै कांग्रेस लाग्छ यहाँ कांग्रेस बाहेक अरु दल छैनन् । भएपनि कुनै तहको निर्वाचन जित्ने गरीको संख्यामा छैनन् । फेरी अलि गम्भीर भएर दिमागलाई साढे तिनवर्ष अघितिर धकेल्छु । अनि संसदीय निर्वाचन सम्झन्छु । मोरङका निर्वाचन क्षेत्र गन्छु । ६ वटामा जम्मा हातलागेको क्षेत्र नम्बर २ मात्र । डाक्टर शेखर कोइरालादेखि महेश आर्चाय हुँदै अमृत अर्यालदेखि डिकवहादुर लिम्बुसम्म हारेको यो जिल्ला । विराटनगरकै कुरा गर्ने हो भने मोरङका क्षेत्र नम्बर ४, ५ र ६ यहीँ पर्छन् । यहाँबाट तिनै जना कांग्रेसका उम्मेदवार हैन हस्तीहरु पराजीत भएका हुन् । अनि म त्यो सम्झेर घोत्लिन बाध्य हुन्छु र एकाएक तनाव वढ्छ यी कांग्रेसहरु हिजो कहाँ थिए ? के गर्दै थिए ? आम निर्वाचनमा कसलाई भोट हाले ? यस्तै यस्तै धेरै प्रश्नहरु मनमा उर्लिएर आँउछन । अनी फेरी तनाव हुन्छ । बर्षमा ३६४ दिनसम्म कांग्रेस हुने अनि १ दिन धोका दिने कांग्रेससँग सजग हुनुपर्ने बेला यही हो । तर, को सजग हुने अहिले कांग्रेसको क्रियाशीलको लिप्टो हातमा बोकेर चुनाव दौडिरहेका महोदयहरु कांग्रेस हुन् कि हैनन् भन्ने चिन्ता नेता ज्यूहरुलाई छैन । उहाँहरुलाई त यतिमात्र चिन्ता छ उ मेरो गुटको हो कि हैन । अहिले नेताहरुलाई कांग्रेस नभएपनि गुटको मान्छे चाहिएको छ । यति बेला सबैलाई चुनावको चटारो छ । मैदानमा रहेका सवै आफ्नो जित पक्का भएको दाबी गर्छन् । भेटिएका कोहि पनि उम्मेदवार हार स्वीकार्ने पक्षमा छैनन् । हुन त निर्वाचन भनेको जित्नका लागि नै लड्ने हो । तर, जित कोटा अनुसार मात्र हुन्छ ।
मैले उठाउन खोजेको कुरा अर्को के हो भने आम निर्वाचनको बेला डाइनो मौरी जस्तो हुने कांग्रेसजन यति बेला कसरी कर्मी मौरी बन्न सकेका होलान् । यीनको अहिलेको जोर जाँगर आम निर्वाचनको समय देख्न पाउने हो भने कांग्रेसहरु सरकार बनाउन किन अरुका बैशाखीको साहारा लिनु पथ्र्यो होला । यस्तै यस्तै धेरै प्रश्नले यति बेला मलाई बेचैन बनाइ रहेको छ । १४ औं महाधिवेशनको कुरा गर्ने हो भने मोरङ कांग्रेसको काँधमा धेरै वटा जिम्मेवारी छन् । तर यहाँको ताल हेर्दा लाग्छ मेरो जिल्लाको नेता भन्दापनि मेरो गुटको नेता हो कि भन्ने मानसिकताले कार्यकर्ताहरु ग्रसित छन् ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका अभियन्ता कोइराला परिवारको विरासतलाई निरन्तरता दिनका लागि मुख्य गरी शेखर कोइरालाले पार्टीको केन्द्रीय सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरिरहेको अवस्थामा उहाँलाई उम्मेदवार बन्नै पर्ने र जित्नै पर्ने दोहोरो दबाव छ ।
एक शताब्दी पुरानो इतिहास बोकेको कोइराला निवास फेरी एकपटक नेपाली राजनितिक यात्राको अग्नी परिक्षामा छ । उहा“को जितले कोइराला परिवारको विरासत मात्र मजबुद हुने हैन कांग्रेसमा नयाँ रक्त सञ्चार हुनेमा दुईमत नहोला । त्यसोत कोइराला परिवारका यी तीन नेतामध्ये विपी पुत्र शसांक र जिपी पुत्री सुजतालेपनि इच्छा नदेखाएका हैनन् । कोइराला परिवारका बौद्धिक नेताको रुपमा चिनिने शेखर नै अघि बढ्नुहुन्छ भन्ने अनुमान सबैको छ । परिवारलाई एक बनाएर बाहिर आउने दायित्व डाक्टर शेखरकै प्रमुख हो । मोरङ कांग्रेसका लागि यो सबै भन्दा ठूलो चुनौती हो । शेखर कोइराला पार्टी सभापति बनिरहँदा त्यसको श्रेय मोरङ कांग्रेसलाई जान्छ कि जाँदैन ? यहाँ शेखर कोइरालाको मात्र हैन मोरङकै अर्का प्रभावशाली नेता मिनेन्द्र रिजालले महामन्त्री पदमा उठ्ने इच्छा देखाउनु भएको छ । महेश आर्चायदेखि डिला संगौंला सम्म केन्द्रीय नेतृत्वमा कँही न कतै उठ्नु हुनेछ । अर्का प्रभावशाली नेता अमृत अर्याल र गुरुराज घिमिरेपनि हुनुहुन्छ । यहाँ मैले यतिका नेताको नाम लिनुपछि एउटै कारण छ । यदि मोरङमा फेरीपनि एउटा क्षेत्रमा मात्र सीमित नहुने हो भने मोरङका केन्द्रीय नेतृत्वमा रहेका नेताहरुले एकले अर्कोको पदमा उम्मेदवारी दिनु हँुदैन । एकले अर्कोलाई जिताउन लागिपर्नु पर्छ । नत्र भोलि संसदीय निर्वाचनमा उम्मेदवार बन्नेपनि तपाईहरु नै हो आज जसरी आन्तरिक निर्वाचनमा एकले अर्कालाई हराउन लाग्नुहुन्छ भोलिको आम निर्वाचनमा पनि एक नेताको सहयोग बिना अर्को नेताले जित्ने अवस्था हुँदैन । यदि गुट र स्वार्थलाई सर्वोपरीमानी आफ्नो खुट्टामा आफंै बञ्चरो हान्नुहुन्छ भने भिरबाट लड्ने गाईलाई रामराम भन्न सकिन्छ काँध हाल्न सकिदैन भन्ने नेपाली उखान तपार्इँहरुमा पनि लागु हुने छ । सबैको जय होस् ।