विराटनगर । मोरङमा सुरक्षा थ्रेट बढेको मोरङ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख जनार्दन जिसीले पत्रकारहरुसँगको एक कार्यक्रममा आज यस्तो बताएका हुन् ।

चोरी, तस्करीलगायतका घटनालाई उदाहरण दिँदै उनले सबैखाले अपराधका घटना नियन्त्रणका लागि आफूहरु लागिरहेको बताए । ‘मोरङमा सुरक्षा थ्रेट बढेको छ । केही दिनअगाडि मोरङको विराटचौकमा दिनदहाडै सुनचाँदी पसल लुटपाट प्रयास भएको छ,’ एसपी जिसीले भने, ‘घटनामा संलग्न अपराधिलाई पक्राउ गर्न मोरङ प्रहरी लागि परेको छ । यस घटनामा प्राविधिक पाटोदेखि पनि प्रहरीले अनुसन्धान थालेको छ ।’ घटनामा संलग्न ढिलो चाँडो पक्राउ गरेर छोड्ने उनले बताए ।

जिसीले समाजमा शान्ति सुरक्षाको अवस्थालाई कायम गरेर कानुन कार्यान्वयन गर्दै अवैध गतिविधि र चोरी तस्करी पूर्ण रुपमा नियन्त्रण गर्ने दाबी पनि गरेका छन् । प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा नक्साल काठमाडांैबाट दुई साता अगाडि मोरङ प्रहरी प्रमुख भएर आएका जिसीले आज संचारकर्मीसँग परिचयात्मक कार्यक्रम गरेका थिए । सोही क्रममा उनले आफ्नो भावी कार्ययोजना सुनाए । जिसीले खुल्ला सीमाको फाइदा उठाउँदै हुने चोरी, तस्करी नियन्त्रणमा लागि पर्ने बताए । सीमा क्षेत्रमा हुने चोरी, तस्करी नियन्त्रणमा कुनै सम्झौता नगर्ने उनकोे भनाइ छ । ‘खुल्ला सीमा जोडिएको बोर्डरमा हुने चोरी तस्करीको गुनासो आउने गरेको छ,’ उनले भने, ‘यस नियन्त्रणमा आफु लागि पर्नेछु ।’

उनले अपराध अनुसन्धानमा पारदर्शी, निष्पक्ष भएर अपराध नियन्त्रणमा लाग्ने पनि उनले बताए । लागूऔषध प्रयोगकर्ताहरू दुव्र्येसनीबाट मुक्त गराउन मोरङमा सचेतना अभियान पनि संचालनको तयारी गरिएको उनको भनाइ छ । ‘अहिलेका युवा पुस्ता दुव्र्यसनिमा फस्ने गरेका छन् । विराटनगरको सीमावर्ती क्षेत्र रानीमा क्यान सेन्टरमा सचेतना अभियान सुरू गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘यो अभियान चाँडै सुरू हुने छ । जसले गर्दा दुव्र्यसनीमा लागेका युवा कुलतको दलदलदेखि केही हदसम्म मुक्त हुने हाम्रो अपेक्षा छ ।’

प्रहरी सँधैभरी नागरिक मैत्री भएर काम गनुपर्ने उनले बताए । ‘प्रहरीले सँधैभरी नागरिकमैत्री भएर सेवा प्रदान गरिनुपर्दछ,’ उनले भने, ‘मातहतमा सम्पूर्ण प्रहरीलाई नागरिक मैत्री भएर सेवा दिन निर्देशन दिइसकेको छु ।’