विराटनगर । श्रीमतीको हत्या गरी फरार भएका मोरङ रंगेली–९ सखुवाथान घर भई झापा गौरादह–१ सितल चौक बस्दै आएका ३९ वर्षीय सजिलाल रिख्यासन पक्राउ परेका छन् ।
रिख्यासनले गत असार ३१ गते आफ्नै श्रीमती ३४ वर्षीया संगीता टुडुलाई खेतनजिक रहेको टहरामा लगेर कुटपिट गरी हत्या गरेका थिए । घटनाको जानकारी पाउनसाथ अनुसन्धान तथा खोजतलसामा खटिएको प्रहरी टोलीले फरार रहेका सजिलाल रिख्यासनलाई आज पक्राउ गरेको हो ।
पक्राउ परेका रिख्यासन माथि कर्तब्य ज्यान मुद्दामा कानुनी कारवाही चलाउने तयारी भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।