लोड हुँदैछ...

मेनु

चट्याङ लागेर मृत्यु

चट्याङ लागेर मृत्यु

विराटनगर । मोरङको बेलबारी नगरपालिका ५ कसेनीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । कसेनीका ३८ वर्षे मनिराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाइरहेको बेलामा चट्याङ पर्दा बेहोस भएका चौधरीको विराटनगर स्थित नोबेल अस्पताल उपचार गरिएको थियो । उनको उपचारकै क्रममै मृत्यु राति ८ बजे मृत्यु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।